आचारसंहितालाई बेवास्ता गर्दै शक्ति प्रदर्शन गर्ने होड

उदयपुरमा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । विशेष गरी एमाले, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै शक्ति प्रदर्शन गर्ने होडमा जुटेका छन् ।
निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरी गाईघाट, कटारी, बेल्टारलगायतका बजार र ग्रामीण क्षेत्रका सार्वजनिक स्थलमा राजनीतिक दलका झन्डाअंकित तुल तथा ब्यानर राखिएका छन् । गाईघाट बजारमा आइतबार एमालेले सडकभरि सूर्य चिह्नको झन्डा राखेको छ । ‘सार्वजनिक स्थलहरूमा कुनै दलका उम्मेदवाहरूले चुनाव चिह्न, झन्डा राख्न पाइँदैन भन्ने सुनेको थिएँ,’ स्थानीय शिव दाहालले भने, ‘गाईघाट बजारभरि राख्दा पनि प्रहरी प्रशासनले केही गर्न सक्दैन, केही गरेको देखिँदैन ।’

उदयपुरगढी गाउँपालिकामा शनिबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मोटरसाइकल र्‍याली नै निकालका थिए । शक्ति देखाउने होडमा रहेका दलका उम्मेदवाहरूले अचारसंहिता उल्लंघन गरी विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन् । बजार क्षेत्रका सडकहरू सबै अवरुद्ध गरेरसमेत दलका उम्मेदवारहरूले चुनाव प्रसार गरिरहेका छन् ।
उदयपुरको बेलाका नगरपालिकामा एमालेका मेयरका उम्मेदवार दुर्गा स्वस्तिकले वितरण गर्न लागेको एक ट्रक ह्युमपाइप बरामद गरेर प्रहरीलाई बुझाइएको नगरपालिकाका निर्वाचन अधिकृत जनकराज पन्तले जानकारी दिए । उनले भने, ‘हामीले ह्युमपाइप नियन्त्रणमा लिएका छौँ ।’
जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपक खनालले आचारसंहिता उल्लंघनबारे उजुरी परिरहेको बताए । उनले भने, ‘मौखिक रूपमा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरू परिरहेका छन् । हामीले उजुरीमा कारबाही पनि गरिरहेका छौँ ।’
पहिलो चरणमा मुख्य निर्वाचन अधिकृत खनाल नेतृत्वको टोलीले जिल्लाका आठै स्थानीय तहमा निर्वाचन आचारसंहिता कार्यान्वयनको अगुगमन गरेको थियो । सोमबारदेखि दोस्रो चरणको निर्वाचन अचारसंहिता अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

Kamal Panthi

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago