आचारसंहितालाई बेवास्ता गर्दै शक्ति प्रदर्शन गर्ने होड

उदयपुरमा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । विशेष गरी एमाले, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरू निर्वाचन आचारसंहितालाई बेवास्ता गर्दै शक्ति प्रदर्शन गर्ने होडमा जुटेका छन् ।
निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरी गाईघाट, कटारी, बेल्टारलगायतका बजार र ग्रामीण क्षेत्रका सार्वजनिक स्थलमा राजनीतिक दलका झन्डाअंकित तुल तथा ब्यानर राखिएका छन् । गाईघाट बजारमा आइतबार एमालेले सडकभरि सूर्य चिह्नको झन्डा राखेको छ । ‘सार्वजनिक स्थलहरूमा कुनै दलका उम्मेदवाहरूले चुनाव चिह्न, झन्डा राख्न पाइँदैन भन्ने सुनेको थिएँ,’ स्थानीय शिव दाहालले भने, ‘गाईघाट बजारभरि राख्दा पनि प्रहरी प्रशासनले केही गर्न सक्दैन, केही गरेको देखिँदैन ।’

उदयपुरगढी गाउँपालिकामा शनिबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मोटरसाइकल र्‍याली नै निकालका थिए । शक्ति देखाउने होडमा रहेका दलका उम्मेदवाहरूले अचारसंहिता उल्लंघन गरी विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन् । बजार क्षेत्रका सडकहरू सबै अवरुद्ध गरेरसमेत दलका उम्मेदवारहरूले चुनाव प्रसार गरिरहेका छन् ।
उदयपुरको बेलाका नगरपालिकामा एमालेका मेयरका उम्मेदवार दुर्गा स्वस्तिकले वितरण गर्न लागेको एक ट्रक ह्युमपाइप बरामद गरेर प्रहरीलाई बुझाइएको नगरपालिकाका निर्वाचन अधिकृत जनकराज पन्तले जानकारी दिए । उनले भने, ‘हामीले ह्युमपाइप नियन्त्रणमा लिएका छौँ ।’
जिल्लाका मुख्य निर्वाचन अधिकृत दीपक खनालले आचारसंहिता उल्लंघनबारे उजुरी परिरहेको बताए । उनले भने, ‘मौखिक रूपमा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरू परिरहेका छन् । हामीले उजुरीमा कारबाही पनि गरिरहेका छौँ ।’
पहिलो चरणमा मुख्य निर्वाचन अधिकृत खनाल नेतृत्वको टोलीले जिल्लाका आठै स्थानीय तहमा निर्वाचन आचारसंहिता कार्यान्वयनको अगुगमन गरेको थियो । सोमबारदेखि दोस्रो चरणको निर्वाचन अचारसंहिता अनुगमन गर्ने मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago