काठमाडौं: वैशाख ३० गतेको स्थानीय तहको चुनावमा ६ दिन विद्यालय विदा हुने भएको छ । मतदान केन्द्र तोकिएका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुनेछन् । निर्वाचन सकिएसँगै लगातार तीन दिन सार्वजनिक बिदा परेकाले विद्यालय भने ६ दिन बन्द हुने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार शिक्षा विकास तथा समन्वय एकाइको निर्देशनले मतदानमा सहयोग गर्न भन्दै ६ दिन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो ।
निर्वाचनका लागि वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने भएपनि ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णय भएकाले र जेठ २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…