हङकङ: हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं मुख्य प्रशासकको निर्वाचनमा बेइजिङसँग सुमधुर सम्बन्ध रहेका जोन ली निर्वाचित भएका छन् । हङकङ विशेष प्रशासनिक क्षेत्र मुख्य प्रशासक निर्वाचन समितिका करिब १४६० सदस्यले मतदानद्वारा उम्मेदवारलाई मतदान गरेका छन् । ली च्याछाउले १४१६ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण निर्वाचन प्रक्रिया हङकङ विशेष प्रशासनिक क्षेत्र निर्वाचन मामिला आयोग, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग, उम्मेदवारको छानबिन प्रतिनिधिहरू, हङकङबासी र सञ्चारमाध्यमको निगरानीमा गरिएको हो ।
हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले नियुक्तिका लागि केन्द्रीय जन सरकारलाई निर्वाचन परिणाम पेश गर्नेछ । छैटौं मुख्य प्रशासकको कार्यावधि सन् २०२२ को जुलाई १ देखि २०२७ को जुन ३० तारिखसम्म रहनेछ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…