बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोलेको बताए

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको जिकिर गरे । छोटो समयमा नै पार्टी बलियो भएको दाबी समेत गरे ।

उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको अवस्था बिजोग रहेको टिप्पणी पनि गरे । एमालेमा रहँदा आफूले निकै लोकप्रिय कार्यक्रम ल्याएको र त्यसको जस अरू कसैले लिन खोजेको उनको भनाइ थियो ।
अहिले आफूहरूलाई अरूको गाली गर्ने फुर्सद नरहेको र सकारात्मक सोचका साथ पार्टीलाई अघि बढाइरहेको उनले उल्लेख गरे । आउँदो निर्वाचनमा पार्टीलाई जिताउनका लागि इमानदारीपूर्वक जनतामाझ जान नेता-कार्यकर्तालाई आग्रह गरे ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago