अक्षमता छोप्न अर्थमन्त्रीले गभर्नरलाई निशाना बनाए

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारलाई निर्णयको कडा आलोचना गरेको छ। एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई निशाना बनाएको टिप्पणी गरेका छन्।

‘आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे-“ढङ्ग मरु-कसो गरूँ?!” निरन्तर बिग्री रहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसंग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थ मन्त्रीजी, अर्थ’कै ‘बैधानिक’ सल्लाहकार- गभर्नरलाई निलम्बन गरेर महान काम गर्नुभयो! क्यावात्,’ रिमालले ट्वीटरमार्फत व्यांग्यात्मक शैलीमा आलोचना गरेका छन्।

उनले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको बताएका छन्। ‘हिजो अस्ति के कसो करोड-सरोड को चर्चा हुनु, आज “अटेर-गभर्नर”लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त?’ उनले प्रश्न गरेका छन्।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि गभर्नरको निलम्बनले देशलाई श्रीलंकाको बाटोमा लैजाने टिप्पणी गरेका छन्।

‘तस्करीको लाइन खुलाएर अर्थतन्त्र ध्वस्त बनाउने अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा अर्थतन्त्र सुधारका लागि सरकारलाई सुझाव दिइरहेका गभर्नरलाई निलम्बन गरेर परमादेशी सरकारले ‘टाउको दुखेको औषधी नाइटोमा’ लगाएको छ,’ उनले भनेका छन्, ‘यसले मुलुकलाई द्रूततर गतिमा श्रीलंकाको बाटोमा लैजानुबाहेक केही गर्दैन।’

उनले ‘अर्थतन्त्रका बारेमा कुनै सरोकार नभएका र ‘अर्थ’मा मात्रै विशेष रुचि भएका जनार्दन शर्माका गुरिल्लागिरीबाट अर्थतन्त्रलाई मुक्त गर्ने होइन भने देश टाट पल्टिने दिशामा दौडिनबाट कसैले रोक्न नसक्ने’ पनि उल्लेख गरेका छन्।

यसअघि राप्रपा अध्यक्ष कमल थापाले पनि निलम्बनको निर्णयलाई अदुरदर्शी, गैरजिम्मेवार र निन्दनीय भन्दै सच्याउन माग गरेका थिए।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago