समाजवादीले आज काठमाडौंमा जनसभा गर्दै

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आज भृकुटीमण्डपमा जनसभा गर्दैछ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो । सभालाई सफल बनाउन जनवर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनताका चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा काठमाडौंका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने बताए ।

जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।
पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेशागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठनलाई विस्तार गरिएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago