गोरखा: पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पक्की पुलसँगै बेलिब्रिज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी पनि बीचमै काम छाडेर सम्पर्कविहीन बनेको छ । गोरखाको गण्डकी गाउँपालिकास्थित बुटार र पृथ्वीराजमार्ग अन्तर्गत चितवनको चुमखोला जोड्ने बेलिब्रिजको काम चिनियाँ कम्पनी हुवेई सुङजोङले करिब दुई महिनादेखि अलपत्र पारेको हो । पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पक्की पुलदेखि करिब ५० मिटर तल बेलिब्रिज निर्माण सुरु भएको थियो ।

करिब ११ करोड रुपैयाँ लागतमा बेलिब्रिज बनाउन कम्पनीले करिब दुई महिना माटो परीक्षण, डिजाइन, ड्रिलिङलगायत प्रारम्भिक चरणको काम सुरु गरेको थियो । करिब चार महिनामा बेलिब्रिज बनाइसक्ने बताएको हुवेई दुई महिनायता सम्पर्कविहीन छ । एक सय मिटर लामो पुल निर्माणका लागि ब्लु इनर्जी प्रालिले चिनियाँ कम्पनीलाई जिम्मा दिएको थियो । ब्लु इनर्जीले त्रिशूली नदीमा सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्दै छ । बेलिब्रिजको स्टिल संरचना भने सडक विभागले उपलब्ध गराउने सम्झौता छ । बुटारस्थित त्रिशूली नदीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रोपावर बन्दै छ ।
प्रारम्भिक चरणको काम सुरु गरेको हुवेईले बीचमै छाडेर निर्माणस्थलमा रहेको मेसिनरीलगायत सामग्रीसमेत लगेको बुटारका सन्तोष घिमिरेले बताए । पप्पु कन्स्ट्रक्सनको लापरबाहीले बुटार र पृथ्वीराजमार्ग जोड्न २०७१ असारबाट सुरु भएको पक्की पुल पनि ७ वर्षदेखि अलपत्र छ । पक्की पुल नबनेपछि जलविद्युत् आयोजनाका निर्माण सामग्रीसँगै स्थानीयलाई आवागमनमा सहज होस् भनेर त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण सुरु भएको थियो ।

चिनियाँ कम्पनीले काम छाडेपछि निर्माणको जिम्मा नेपाली कम्पनीलाई दिने तयारी थालिएको सुपर त्रिशूली हाइड्रोपावरका निर्देशक नीरञ्जन रेग्मीले जानकारी दिए । ‘ग्लोबल टेन्डरमार्फत कम्पनी छानेका थियौं, पुलको कन्ट्याक्ट पनि भएको छ,’ उनले भने, ‘बैंक ग्यारेन्टी माग गरेका थियौं, बैंक ग्यारेन्टी पेस गर्ने दिन सबै सामान उठाएर लगेछन्, त्यसपछि सम्पर्कमा आएनन् ।’ अहिले पुलको ‘स्ट्रक्चर’ को काम अघि नबढेको उनले बताए ।
डिजाइन, ड्रिलिङको काम भइसक्यो, बर्खाअगावै पिलर गाड्ने काम सकिहाल्न पाए अरू काम बर्खामा पनि गर्न सकिन्थ्यो,’ रेग्मीले भने, ‘अहिले फिल्डका सबै काम रोकिएका छन् ।’ त्रिशूली नदीमाथि एक सय मिटरको बेलिब्रिजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाइको आरसीसी स्ट्रक्चरको पुल बन्न लागेको हो ।

पुल निर्माणको जिम्मा दिने र लिने दुवै कम्पनीबीच छलफलको तयारी भइरहेको हुवेई सुङजोङका इन्जिनियर रजत सिं बताउँछन् । ‘विदेशी कन्ट्याक्टरलाई चाँडो गरौं भन्ने नै हुन्छ, सायद कन्ट्याक्ट रिलेटेड साना कुराले काम रोकिएको होला,’ उनले भने, ‘दुवै पक्षबीच छलफलपछि अरू बाँकी कुरा अघि बढ्ला ।’

पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको १७ करोड ४६ लाखको पुल नबन्दा अतिरिक्त झन्डै ११ करोड खर्चिएर सोही स्थानमा बेलिब्रिज बन्न लागेको हो । समयमै पक्की पुल निर्माण भएको भए हाइड्रोपावरलाई पुलको आवश्यकता थिएन । पप्पु कन्स्ट्रक्सनले निर्माण सामग्री र ‘इक्विपमेन्ट’ बुटारसम्म पुर्‍याउन समस्या परेको बहाना बनाउँदै सम्झौता अवधि गुजार्दै आएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago