फाइल फोटो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीबारे एकैदिन दुईवटा बोली बाेलेका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले एमसिसीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका थिए ।
नेता नेपालले एमसिसीविरुद्ध पहिले सामाजिक सञ्जालमा लेखेका विचार र प्रतिक्रियासमेत मेट्न आग्रह गरेका थिए । तर, सोही दिन बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा भने अध्यक्ष नेपालले बोली फेरेका छन् ।
नेपालले आफ्नो प्रतिवेदनमा समाजवादी चीनले गरेको दु्रतदर आर्थिक वृद्धिबाट अतालिएका अमेरिकालगायत पश्चिमा राष्ट्रले त्यसलाई अवरोध गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् । त्यही शिलशिलामा चीनले अगाडि सारेको अन्तर्राष्ट्रिय विकास साझेदारी (बिआरआई) कार्यक्रमलाई रोक्न पश्चिमा नेटो संगठन गोलबन्द हुन लागेको र हिन्द प्रशान्त रणनीति अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ ।
नेता नेपालले अमेरिकी परियोजना एमसिसी सुरुमा हस्ताक्षर गर्दा विवादित बुँदा नभएको र पछि थप भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म एमसिसी संसद्बाट अनुमोदन गर्ने बुँदा नभएको जिकिर गर्दै उनले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको आरोप लगाएका छन् ।
उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमसिसीले फेरी विवाद सतहमा आएपछि पार्टीले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । कार्यदलले एमसिसी सम्झौतामा ११ बुँदा आपत्तिजनक भएको बताएपछि यथास्थितिमा एमसिसी पास नगर्ने पार्टीले निर्णय गरेको आफ्नो नेता नेपालले प्रतिवेदनमा उठाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…