माधवका एकैदिन दुई बोली : भाषणमा भने, ‘एमसिसीबारे नबोल्नू’, प्रतिवेदन भन्छ, ‘एमसिसीमा विवादित विषय छन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना एमसिसीबारे एकैदिन दुईवटा बोली बाेलेका छन् ।

फाइल फोटो

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा नेता नेपालले एमसिसीविरुद्ध नबोल्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका थिए ।

नेता नेपालले एमसिसीविरुद्ध पहिले सामाजिक सञ्जालमा लेखेका विचार र प्रतिक्रियासमेत मेट्न आग्रह गरेका थिए । तर, सोही दिन बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा भने अध्यक्ष नेपालले बोली फेरेका छन् ।

नेपालले आफ्नो प्रतिवेदनमा समाजवादी चीनले गरेको दु्रतदर आर्थिक वृद्धिबाट अतालिएका अमेरिकालगायत पश्चिमा राष्ट्रले त्यसलाई अवरोध गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् । त्यही शिलशिलामा चीनले अगाडि सारेको अन्तर्राष्ट्रिय विकास साझेदारी (बिआरआई) कार्यक्रमलाई रोक्न पश्चिमा नेटो संगठन गोलबन्द हुन लागेको र हिन्द प्रशान्त रणनीति अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ ।

नेता नेपालले अमेरिकी परियोजना एमसिसी सुरुमा हस्ताक्षर गर्दा विवादित बुँदा नभएको र पछि थप भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म एमसिसी संसद्बाट अनुमोदन गर्ने बुँदा नभएको जिकिर गर्दै उनले ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको आरोप लगाएका छन् ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि एमसिसीले फेरी विवाद सतहमा आएपछि पार्टीले झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । कार्यदलले एमसिसी सम्झौतामा ११ बुँदा आपत्तिजनक भएको बताएपछि यथास्थितिमा एमसिसी पास नगर्ने पार्टीले निर्णय गरेको आफ्नो नेता नेपालले प्रतिवेदनमा उठाएका छन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago