गुल्मीको मुसिकोटको २ पटक भत्किएको पुल फेरि बन्ने

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-३, बडागाउँ र ७ वामी जोड्ने झेँदी पुल तेस्रोपटक निर्माण हुने भएको छ। यसअघि लगातार दुई वर्ष ढलान गरेपछि पुल भत्किएकाे थियाे। अब डिजाइन नै परिवर्तन गरेर पुल निर्माण हुनेछ। यो पुल निर्माणमा स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ।

मुसिकोट नगरपालिका-३, बडागाउँका ६५ वर्षीय खिमलाल अधिकारीलाई झेँदी पुल पहिलोपटक नै बन्ने आशा थियो । ढलान हुनेबित्तिकै भत्कियो । अब बन्दैन भन्नेमा स्थानीय ढुक्क थिए । अर्को वर्ष फेरि निर्माण भएपछि नागरिकमा विश्वास र आशा नहुने कुरै भएन । दोस्रोपटक पनि पुल भत्कियो । पछिल्लोपटक भत्किएको पनि एक वर्ष पुग्न थाल्यो । करोडौँको संरचना दुईपटक भत्कियो । निर्माण व्यवसायी त डुबे नै । स्थानीय पनि निराश छन् । उनीहरू दुई–दुईपटक पक्की पुल ढलान भए पनि पुलबाट आवत–जावत गर्न पाएनन्।

अधिकारीले पुलसँगै भाग्य भत्किएको प्रतिक्रिया दिए । पुल बन्ने आसमा गाउँका कैयौँले घर जोखिममा पारेर सडक निर्माण गर्न दिए पनि सपना अधुरो रहेको अधिकारीले बताए । ‘काम गर्दागर्दै दुईपटक पुल भत्कियो । कसलाई दोष दिने, हाम्रो भाग्य नै त्यस्तै हो भत्कियो,’ उनले भने, ‘अब पुल बन्ला भनेर कसैले पत्याएका छैनन् ।’

अधिकारीले चन्दा संकलन गरेर पुल निर्माण हुने भए आफू रकम दिनसमेत तयार रहेको बताए । सोही गाउँको झेँदी पुलनजिकैकी लक्ष्मी कार्कीले आँखाअगाडि नै दुईपटक पुल भत्किएको देखिन् । पहिलोपटक भत्किएपछि पनि फेरि निर्माण सुरु भएपछि पुल बन्नेमा ढुक्क थिइन् । अहिले त निर्माण व्यवसायीले निर्माण स्थलका सामग्री र मेसिनहरू उठायो । त्यसैले पनि कार्कीसँग पुल निर्माणको कुनै आशा छैन।

महेन्द्र आदर्श माविको कक्षा ११ मा अध्ययनरत नारायण रानाको पनि पक्की पुल तरेर विद्यालय पुग्ने सपना नभएको होइन । तर, दुईपटक पुल भत्किएकाले रहर पूरा भएन। दुईपटक लामो खोलामा बीचमा पिल्लर नभएको पुल निर्माण गरेका कारण समस्या भएको स्थानीयको बुझाइ छ।

डिजाइन परिवर्तन गरेर असारसम्म सम्पन्न हुने

गुल्मीको मुसिकोट नगरपालिका-३, बडागाउँ र ७ वामी जोड्ने झेँदी पुल तेस्रोपटक निर्माण हुने भएको छ । यसअघि लगातार दुई वर्ष ढलान गरेपछि पुल भत्कियो । अब डिजाइन नै परिवर्तन गरेर पुल निर्माण हुनेछ । यो पुल निर्माणमा स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ।

आगामी असार मसान्तसम्म पुल निर्माण गर्ने लक्ष्यका साथ ट्रस्ट निर्माण, ट्रस्ट तन्काउने केवल सामान तयार भइरहेको योजना कार्यान्वयन कार्यालय स्थानीय सडक पुल सहयोग इकाइ ललितपुरको इन्जिनियर सुस्मा महर्जनले जानकारी दिइन्।

त्योसँगै ढुवानी, जडान र बेस स्ल्याप ढलानका लागि आवश्यक सामग्री खरिद प्रक्रियाको काम अगाडि बढिरहेकोे इन्जिनियर महर्जनले बताइन् । उनले खोलाको जोखिम नहुने गरेर डण्डीको सट्टा प्रि–स्टेस केवल र स्टिल ट्रस्ट राखेर ढलान गरिने बताइन्। पिल्लरहरू निर्माण भइसकेकाले टेन्डर भएको पाँच महिनामा काम सकिने बताइन्। यसअघिको निर्माण व्यवसायीसँग कार्यालयले सम्झौता रद्द गरिसकेको छ ।

पुल निर्माण हुनेमा ढुक्क छौँ: मेयर

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले झेँदी पुल निर्माण हुनेमा ढुक्क रहेको बताए। उनले स्थानीयको आवश्यकताको आधारमा योजना परेको र आफूहरूको स्थानीय वा आफूहरूको कारण पुल नभत्किएकोले निरन्तर प्रयत्न भइरहेको बताए।

उनले ठूलो मिहिनेत गरेर डिजाइन परिवर्तनसहित काम अगाडि बढेको उनकाे भनाइ छ। यो आर्थिक वर्षमै काम सक्ने गरेर कार्यालयले सामग्री खरिदको काम गरेकाले पुल निर्माण हुनेमा विश्वस्त हुन स्थानीयलाई आग्रह गरे।

बडिगाड खोलामा निर्माण हुने झेँदी पुलको लम्बाइ ५५ मिटर रहेको छ। पहिले बीचमा कुनै पिल्लर नै थिएनन्। याे पुल ०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्स्ट्रक्सन प्रालिले पाँच करोड १७ लाखको लागतमा निर्माणको सम्झौता गरेको थियो। यो खबर नयाँ पत्रिकाको अनलाइन न्यूज पोर्टलबाट साभार गरिएको हो।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago