चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनी आउने मिति तय भइनसके पनि मन्त्रालयले मार्चभित्र नेपाल भ्रमण गराउने तयारी गरेको छ।

‘अहिले हामीले उहाँको भ्रमणको तयारी गरिरहेका छौं। मिति तय भइसकेको छैन। तर मार्च महिनाभित्र उहाँलाई नेपाल भ्रमण गराउने हाम्रो तयारी छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। वाङले एकै साथ नेपालसहितका अन्य मुलुकको पनि भ्रमण गर्ने भएकाले उनको भ्रमणको मिति तय हुन समय लागेको हो।

नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने विषयमा चासो देखाउँदै आएको चीनले सकेसम्म एमसिसी अनुमोदन नहोस् भन्ने चाहेको थियो।

नेपालमा एमसिसी संसद्बाट अनुमोदनको प्रक्रिया अघि बढाउने क्रममा एमसिसी कार्यान्वयन नभएमा यसमा चिनियाँ कारण ठान्ने र नेपालसँगको सम्बन्धमा पुनरावलोकन हुने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको चेतावनीपछि चीनले एमसिसीलाई उपहार हो या प्यान्डोराज बक्स भनेर प्रश्नसमेत गरेको थियो।

नेपालमा आउने विदेशी सहयोगमा स्वार्थ लुक्न नहुने र नेपाली जनताको विकासको छनोटलाई सम्मान गर्ने बताउँदै आएको चीनले एमसिसी पास भएलगत्तै विदेशमन्त्रीलाई नेपाल भ्रमणमा पठाउन लागेको हो। नेपालमा अमेरिकी सहयोगलाई चीन घेर्ने रणनीतिका रूपमा बुझेको चीनले नेपालबाट कुनै सुरक्षा चुनौती नहोस् भन्ने प्रतिबद्धता चाहन्छ। त्यसै सन्दर्भमा विदेशमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो। वर्तमान सरकार बनेपछि चीनबाट हुन लागेको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago