चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल आउने भएका छन्। विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनी आउने मिति तय भइनसके पनि मन्त्रालयले मार्चभित्र नेपाल भ्रमण गराउने तयारी गरेको छ।

‘अहिले हामीले उहाँको भ्रमणको तयारी गरिरहेका छौं। मिति तय भइसकेको छैन। तर मार्च महिनाभित्र उहाँलाई नेपाल भ्रमण गराउने हाम्रो तयारी छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। वाङले एकै साथ नेपालसहितका अन्य मुलुकको पनि भ्रमण गर्ने भएकाले उनको भ्रमणको मिति तय हुन समय लागेको हो।

नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट अनुमोदन गर्ने विषयमा चासो देखाउँदै आएको चीनले सकेसम्म एमसिसी अनुमोदन नहोस् भन्ने चाहेको थियो।

नेपालमा एमसिसी संसद्बाट अनुमोदनको प्रक्रिया अघि बढाउने क्रममा एमसिसी कार्यान्वयन नभएमा यसमा चिनियाँ कारण ठान्ने र नेपालसँगको सम्बन्धमा पुनरावलोकन हुने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको चेतावनीपछि चीनले एमसिसीलाई उपहार हो या प्यान्डोराज बक्स भनेर प्रश्नसमेत गरेको थियो।

नेपालमा आउने विदेशी सहयोगमा स्वार्थ लुक्न नहुने र नेपाली जनताको विकासको छनोटलाई सम्मान गर्ने बताउँदै आएको चीनले एमसिसी पास भएलगत्तै विदेशमन्त्रीलाई नेपाल भ्रमणमा पठाउन लागेको हो। नेपालमा अमेरिकी सहयोगलाई चीन घेर्ने रणनीतिका रूपमा बुझेको चीनले नेपालबाट कुनै सुरक्षा चुनौती नहोस् भन्ने प्रतिबद्धता चाहन्छ। त्यसै सन्दर्भमा विदेशमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो। वर्तमान सरकार बनेपछि चीनबाट हुन लागेको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago