ग्यास पाइपलाइन बन्द गरिदिने रुसले चेतावनी,

मस्को:रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा पुगेको छ । रुस-युक्रेन द्वन्द्व लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र विश्वअर्थतन्त्र झनै नराम्रो अवस्थामा पुग्न सक्ने विज्ञहरूको चेतावनी छ ।
युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । पश्चिमा देशहरूले थप प्रतिबन्ध लगाए कडा कदम चाल्ने रुसले प्रतिक्रिया दिएको छ ।

पश्चिमाहरूले थप प्रतिबन्ध लगाए जर्मनी जाने ग्यास पाइपलाइन बन्द गरिदिने रुसले चेतावनी दिएको छ । रुसका उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले ‘रुसी तेलमाथि प्रतिबन्ध लगाइए त्यसले विश्वबजारमा विकराल समस्या निम्तिने’ बताएका छन् । उनले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय अमेरिकी डलरसम्म पुग्न सक्ने बताएका छन् । ‘अप्रत्याशित मूल्यवृद्धि हुन सक्छ, कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय अमेरिकी डलरसम्म पुग्न सक्छ’उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले भने ।

अमेरिकाले गठबन्धन देशहरूसँग मिलेर रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिइरहेको छ । सोमबार अमेरिकाको प्रस्तावमा जर्मनी र नेदरल्यान्ड्सले भने विरोध जनाइसकेका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले रुसी इन्धनमाथिको प्रतिबन्धले युरोपेली नागरिकको दैनिकीमा असर पुग्ने बताएका थिए । वैश्विक ऊर्जा बजारमा रुसको महत्त्वपूर्ण भूमिका भएकै कारण अमेरिका र युरोपेली संघ अझै पनि तेल र ग्यास आयातमा प्रतिबन्ध लगाउन सकेका छैनन् ।

ग्यास, कोइला र तेलमा युरोप पूर्णतया रुसमाथि नै निर्भर रहेको छ । रुस युरोपमा ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ । अमेरिका र साउदी अरेबियापछि रुस विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो । रुस हरेक दिन ४० देखि ५० लाख ब्यारल कच्चा तेल र वार्षिक ८ हजार ५ सय अरब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्छ ।

जारी संघर्षका बीच रुसमाथिको निर्भरता कम गर्न युरोपेली मुलुकले विभिन्न विकल्प सोचिरहेका छन् । बिहीबार यसै विषयमा कुरा गर्न युरोपेली संघको बैठक बस्दै छ । साथै युरोपका नेताहरूले युरोपमा नयाँ इतिहास बन्न गइरहेको दाबी गरिरहेका छन् ।

सन् २०३० सम्म विकास र लगानीका साथै ऊर्जा आपूर्तिका लागि नयाँ रुटको खोजी गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । सन् २००८ पछि विश्वबजारमा कच्चा तेलको मू्ल्य उचाइमा पुगेको छ । सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेको थियो ।

इन्धनमा रुसको विकल्प के ?

पश्चिमा मुलुकहरूले इन्धन आयातमा रुसको विकल्पको रूपमा साउदी अरेबियालाई प्रयोग गर्न सक्ने देखिन्छ । रुसमाथि सम्भावित प्रतिबन्धका बीच अन्य विकल्पका बारेमा सोचिएको छ । तेल आपूर्तिका लागि अमेरिकाले साउदी अरेबियामाथि दबाब बनाउन सक्ने देखिएको छ । साथै ऊर्जा संकट टार्न इरानसँग परमाणु सम्झौता अघि बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago