झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं: झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र १–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकोमा उनलाई सोही दिशातर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको ट्रकले किचेको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल मृतकका श्रीमान् नन्दलालले चलाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बिर्तामोड नगरपालिका-६ बुट्टाबारीस्थित पूर्व-पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे१ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र १–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।

गम्भीर घाइते चालक राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago