नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डा अन्तिम रुप दिदै!

काठमाडौं: नेपाली कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको छ । बुधबार बालुवाटारमा सभापति शेरबहादुर देउवासँग छलफल गर्दै पार्टी पदाधिकारीले कार्यसम्पादन समितिको बैठकका एजेण्डालाई अन्तिम रुप दिएको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ । म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे बैठकले आवश्यक निर्णय गर्ने कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले जानकारी दिए ।

त्यस्तै स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्लाको अधिवेशनका बारेमा सभापतिसँग छलफल भएको र बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । उनले स्थानीय तहको निर्वाचन आउन तीन महिना बाँकी रहेको अवस्थामा पार्टीलाई मजबुद बनाउनका लागि आवश्यक रणनीति तय गर्ने जानकारी दिए ।

कांग्रेसमा १३ वटा भ्रातृ तथा १८ वटा शुभेच्छुक संस्था छन् । तर, समयमा अधिवेशन नगरेका कारण तीमध्ये अधिकांश संस्था निष्क्रिय बनेका छन् । त्यस्तै विभिन्न कारणले कांग्रेसको १६ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago