पूर्वमन्त्री मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी

जुम्ला: बलात्कारको आरोप लागेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध बाँके प्रहरीले जाहेरी दर्ता गर्न अनाकानी गरेको छ । बाँके प्रहरीमा २४ माघमै जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बलात्कार आरोपमा जाहेरी दिएकी थिइन । पीडित महिलाको जाहेरी तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले दर्ता भने गरेको छैन । प्रहरीको ढिलासुस्तीले पीडितमाथि झन पीडा थपेको छ ।

पीडित महिलाले सांसद बानियाँले आफुलाई बलात्कार गरेको बिषयमा प्रहरी कार्यालय नेपालगंज बाँकेमा जाहेरी दिएको तर प्रहरीले दर्ता नगरेको बताइन । उनले भनिन्, ‘अहिले पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर मुद्दा दर्ता भयो कि नाई भनेर सोधेर आएकी छु, तर प्रहरीले जाहेरी दर्ता भएजस्तै मान्नु भन्दै पठायो ।’

जिल्ला प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने वहालवाला सांसदविरुद्धमा जाहेरी आएको र अहिले संसद चलिरहेको हुँदा सभामुखबाट अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको बताए । पीडितको जाहेरीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउनु पर्ने हो । तर, अनुसन्धानको बहानामा आलटाल गरिरहेको पीडितको भनाइ छ । प्रहरीले मेडिकल जाँचदेखि घटनास्थल जाँच समेत भइसकेकाले मुद्दा दर्ता हुनेमा आशंकान नगर्न पीडितलाई आश्वासन दिएको छ ।

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले घटना दर्ता गरिसकेपछि वा अघि अनुसन्धान हुने बताउँदै अनुसन्धानपछि मुद्दा दर्ता हुने बताए ।

बलात्कृत मात्रै होइन, ठूलो रकम लिएको छ : पीडित
पीडितले महिलाले न्याय दिलाउन अपील पनि गरेकी छिन् । उनले सांसद बानियाँले बालात्कार मात्रै नभइ २५ लाख रुपैयाँ समेत लिएको जाहेरीमा उल्लेख गरेकी छिन्। जाहेरीमा उल्लेख भएअनुसार ८ मंसिर २०७६ मा २५ लाख रुपैयाँ दिएकी थिइन ।

सांसद बानियाँले आफु काठमाडौंमा रहेको बेला संयुक्त व्यापार गर्ने क्षेत्रको खोजी गरिरहेको भन्दै आफुसँग पैसा मागेको उनले बताइन । उनले भनिन्, लामो समयसम्म व्यापारको कुनै काम नगरेको हुँदा रकम ब्याजजसहित फिर्ता दिनु भनेपछि चेक समेत दिएका थिए । तर, बैकमा चेक नसटेपछि नगद मागेको थिए ।’

बानियाँले नेपालगंजमा पैसा लिन बोलाएपछि आएको उनले बताएकी छिन् । ‘नेपालगंजको अप्सरा होटलको २१५ नम्बर कोठमा बेलुकीसम्म रकम दिने भनेर बस्न बध्ये पारेको र सोही होटलमा बसेका बानियाँले बिहान ५ बजे तपाईको रकम आयो ढोका खोल्नुहोस् भन्दै आएर बलात्कार गरे ।’ उनले भनिन् । बानियाँ मुगु जिल्लाबाट समानुपातिकतर्फबा६ संघीय

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago