सत्तारूढ दलबीच वडासम्मै मिल्ने समझदारी भएसंगै माधब नेपालको खुसीको सिमानाग्यो!

पोखराः कास्कीमा सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय चुनावमा वडासम्मै मिलेर जाने समझदारी गरेका छन्। गठबन्धनमा रहेका दलका कास्की प्रमुखहरूको मंगलबार बसेको बैठकले चुनावमा वडासम्मै मिलेर जाने समझदारी गरेका हुन्। स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा कास्कीका अधिकांश ठाउँमा एमाले उम्मेदवारले जितेका थिए। पोखरा महानगरसहित कास्कीमा रहेका पाँच वटा स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवरले जितेका थिए भने बाँकी चार वटै तहमा एमाले उम्मेदवार निर्वाचित भएका थिए।
संसदीय निर्वाचनमा पनि प्रदेश सभाको एउटा क्षेत्रबाट मात्र कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए। कास्कीमा रहेका प्रतिनिधि सभाका ३ वटा निर्वाचन क्षेत्रमै एमाले उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये कास्की-२ ‘ख’मा मात्र कांग्रेस उम्मेदवार विन्दुकुमार थापा निर्वाचित भएका थिए।
गत स्थानीय निर्वाचनमा हाल सत्ता गठबन्धनमै रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको थियो। तर, गठबन्धन कसिलो थिएन। उपमेयरमा माओवादीकी गोमा ढकाल उम्मेदवार थिइन्। पोखराको मेयरमा गठबन्धनका बावजुद् अन्नपूर्ण गाउँपालिकाबाहेक कास्कीका ४ वटै तहमा एमाले उम्मेदवार विजयी भएका थिए। कांग्रेससँग गठबन्धन गर्दा कास्की जिल्लामा ३ वटा वडा अध्यक्षमात्र माओवादी उम्मेदवार विजयी भएका थिए।
गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो। गठबन्धन गर्दा माओवादीले प्रतिनिधि सभामा एकजना पनि उम्मेदवार उठाउन सकेन। ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा मात्र माओवादीले उम्मेदवारी उठाउन पाएको थियो। त्यसमा पनि एउटा क्षेत्रमा पराजित भएको थियो भने २ वटा क्षेत्रमा निर्वाचित भएको थियो।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago