कमल थापाको नयाँ दल : नाम राष्ट्रिय एकता पार्टी, चुनाव चिन्ह मन्दिर !

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्।

नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताएका हुन्। ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ। एक-दुई दिनमै घोषणा हुन्छ’, बड्तौलाले भने।

थापाले आफ्नो नयाँ पार्टीको नाम समेत जुराइसकेको बताइएको छ । स्रोतका अनुसार नयाँ दलको नाम राष्ट्रिय एकता पार्टी र चुनाव चिह्न मन्दिर रहने छ ।

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिने छैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो।

२०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

यतिखेर राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताले त्यस घटनालाई स्मरण गरेका छन् । थापा निकट एक नेताले भने, ‘उहाँ (थापा) ले राप्रपा फुटाउने छैन भन्नुभएको हो ।’

नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडेमा पार्टी फुटाएको सन्देश जान्छ तर अर्को नाम राखी पार्टी घोषणा गरेमा फुटाएको सन्देश जाने छैन।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago