काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्।
नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताएका हुन्। ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ। एक-दुई दिनमै घोषणा हुन्छ’, बड्तौलाले भने।
थापाले आफ्नो नयाँ पार्टीको नाम समेत जुराइसकेको बताइएको छ । स्रोतका अनुसार नयाँ दलको नाम राष्ट्रिय एकता पार्टी र चुनाव चिह्न मन्दिर रहने छ ।
थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिने छैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो।
२०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।
यतिखेर राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताले त्यस घटनालाई स्मरण गरेका छन् । थापा निकट एक नेताले भने, ‘उहाँ (थापा) ले राप्रपा फुटाउने छैन भन्नुभएको हो ।’
नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडेमा पार्टी फुटाएको सन्देश जान्छ तर अर्को नाम राखी पार्टी घोषणा गरेमा फुटाएको सन्देश जाने छैन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…