बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १६.३० अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक २२.११ अंक घटेर २८१३.४७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ कम्पनीको ४५ हजार ११२ पटकको कारोबारमा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको ६५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेकोले लगानीकर्ताहरुले बिक्री गर्न नचाहेको संकेत गर्ने जानकारहरु बताउँछन्।
अघिल्लो कारोबार दिन सर्वाधिक घटेको लिबर्टी इनर्जीको शेयरमूल्य यस दिन भने ३.०८ प्रतिशत बढेको छ। त्यसैगरी, २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य यस दिन २.८० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ६१ लाख ६९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसेगरी, यस दिन नेपाल टेलिकम, नेशनल हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…