नेप्से परिसूचक २२.११ अंक घटेर २८१३.४७ विन्दुमा कारोबार रकम पनी घट्यो

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १६.३० अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक २२.११ अंक घटेर २८१३.४७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ कम्पनीको ४५ हजार ११२ पटकको कारोबारमा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको ६५ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेकोले लगानीकर्ताहरुले बिक्री गर्न नचाहेको संकेत गर्ने जानकारहरु बताउँछन्।

अघिल्लो कारोबार दिन सर्वाधिक घटेको लिबर्टी इनर्जीको शेयरमूल्य यस दिन भने ३.०८ प्रतिशत बढेको छ। त्यसैगरी, २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य यस दिन २.८० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.६४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन नेपाल हाइड्रो डेभलोपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र विन नेपाल लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। अन्य उपसमूहको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ६१ लाख ६९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसेगरी, यस दिन नेपाल टेलिकम, नेशनल हाइड्रोपावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago