सुन दुई साताकै उच्च स्तरमा, एकै दिन प्रति अउन्स २० डलरले वृद्धि

विश्व सुन बजारमा सुन एकै दिन प्रति अउन्स २० डलरले वृद्धि भएको छ । बुधबार सो बजारमा दुई साताकै उच्च स्तरमा सुन कारोबार भइरहेको छ ।

बुधबार सुन प्रति अउन्स एक हजार ८२८ डलर बराबरमा खरिदब्रिकी हुँदैछ । अमेरिकाको मुद्रास्फितीकाे तथ्यांक यस साता सार्वजनिक हुने भएपछि सुन करिब दुई साताकै उच्च विन्दुमा पुगेको हो ।

मुद्रास्फितीको जोखिम र रसिया तथा युक्रेनको सम्भावित युद्धको खतराका कारण पनि सुनको मूल्य वृद्धि भएको हो ।

यस वर्ष सुन प्रायजसो एकै मूल्यमा अड्किरहेको छ । जनवरी २५ मा सुन प्रति अउन्स एक हजार ८४९ डलर तोकिएको थियो जुन २ महिना यताकै उच्च हो । त्यसपछि भने सुनको मूल्य लगातार ओरालो लागिरह्यो । तर मंगलबार र बुधबार भने सुनको मूल्य उच्च रुपमा वृद्धि भयो । एक महिनामा सुन १२ डलरले घटेकाे तथ्यांकले देखाउँछ ।

२०२१ जुनको सुरुवातमा भने सुन वर्षकै उच्च स्तरमा पुगेको थियो । सो समयमा अन्तरराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९०७ डलरमा कारोबार भएको थियो । त्यसपछि भने नोभेम्बर १७ मा सुनको उच्च कारोबार मूल्य प्रतिअउन्स एक हजार ८६६ डलर थियो ।

विश्लेषकहरुका अनुसार मुद्रास्फितीको चिन्ताले सुनकाे भाउ घट्नकालागि सहयाेग गरिरहेको छ । अर्काेतर्फ अमेरिकन फेडरल रिजर्भको व्याजदर वृद्धि हुने बढ्दो अपेक्षाले भाउ बढ्नलाई नियन्त्रण गरेको छ ।

अस्थिर इक्विीटी, ईटिएफ प्रवाह, भूराजनीतिक तनाव र मुद्रास्फितीका कारण सुनको मूल्य बढ्न सहयोग पुगेको हाे । यद्यपी अमेरिकी डलरको सूचकमा उच्च बण्डको रिटर्न तथा लाभ सिमित छ ।

यसैगरी, सुन प्रति अउन्स एक हजार ८०० डलरकै आसपासमा रहने विश्लेषकहरुको अनुमान छ । तर मौद्रिक नितीमा थप कडाई गरिने अपेक्षा बढ्दा उल्टो हुन सक्ने पनि उनीहरु बताउँछन् ।

जनवरीका लागि अमेरिकाको मुद्रास्फिती तथ्यांक बिहीबार आउँदैछ । गत साता राम्रो श्रम तथ्यांक आएपछि अमेरिकाको केन्द्रीय बैंकले तिव्रताकासाथ नीति कडा बनाइरहेको छ ।

सामान्यतया सुनलाई मुद्रास्फिती विरुद्धको सुरक्षा मानिन्छ । तर सुनको मूल्य बढिरहेको अवस्थामा व्याजदर वृद्धिले सुनलाई होल्ड गर्दा अपरच्युनिटी कस्ट बढ्छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago