सुन दुई साताकै उच्च स्तरमा, एकै दिन प्रति अउन्स २० डलरले वृद्धि

विश्व सुन बजारमा सुन एकै दिन प्रति अउन्स २० डलरले वृद्धि भएको छ । बुधबार सो बजारमा दुई साताकै उच्च स्तरमा सुन कारोबार भइरहेको छ ।

बुधबार सुन प्रति अउन्स एक हजार ८२८ डलर बराबरमा खरिदब्रिकी हुँदैछ । अमेरिकाको मुद्रास्फितीकाे तथ्यांक यस साता सार्वजनिक हुने भएपछि सुन करिब दुई साताकै उच्च विन्दुमा पुगेको हो ।

मुद्रास्फितीको जोखिम र रसिया तथा युक्रेनको सम्भावित युद्धको खतराका कारण पनि सुनको मूल्य वृद्धि भएको हो ।

यस वर्ष सुन प्रायजसो एकै मूल्यमा अड्किरहेको छ । जनवरी २५ मा सुन प्रति अउन्स एक हजार ८४९ डलर तोकिएको थियो जुन २ महिना यताकै उच्च हो । त्यसपछि भने सुनको मूल्य लगातार ओरालो लागिरह्यो । तर मंगलबार र बुधबार भने सुनको मूल्य उच्च रुपमा वृद्धि भयो । एक महिनामा सुन १२ डलरले घटेकाे तथ्यांकले देखाउँछ ।

२०२१ जुनको सुरुवातमा भने सुन वर्षकै उच्च स्तरमा पुगेको थियो । सो समयमा अन्तरराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९०७ डलरमा कारोबार भएको थियो । त्यसपछि भने नोभेम्बर १७ मा सुनको उच्च कारोबार मूल्य प्रतिअउन्स एक हजार ८६६ डलर थियो ।

विश्लेषकहरुका अनुसार मुद्रास्फितीको चिन्ताले सुनकाे भाउ घट्नकालागि सहयाेग गरिरहेको छ । अर्काेतर्फ अमेरिकन फेडरल रिजर्भको व्याजदर वृद्धि हुने बढ्दो अपेक्षाले भाउ बढ्नलाई नियन्त्रण गरेको छ ।

अस्थिर इक्विीटी, ईटिएफ प्रवाह, भूराजनीतिक तनाव र मुद्रास्फितीका कारण सुनको मूल्य बढ्न सहयोग पुगेको हाे । यद्यपी अमेरिकी डलरको सूचकमा उच्च बण्डको रिटर्न तथा लाभ सिमित छ ।

यसैगरी, सुन प्रति अउन्स एक हजार ८०० डलरकै आसपासमा रहने विश्लेषकहरुको अनुमान छ । तर मौद्रिक नितीमा थप कडाई गरिने अपेक्षा बढ्दा उल्टो हुन सक्ने पनि उनीहरु बताउँछन् ।

जनवरीका लागि अमेरिकाको मुद्रास्फिती तथ्यांक बिहीबार आउँदैछ । गत साता राम्रो श्रम तथ्यांक आएपछि अमेरिकाको केन्द्रीय बैंकले तिव्रताकासाथ नीति कडा बनाइरहेको छ ।

सामान्यतया सुनलाई मुद्रास्फिती विरुद्धको सुरक्षा मानिन्छ । तर सुनको मूल्य बढिरहेको अवस्थामा व्याजदर वृद्धिले सुनलाई होल्ड गर्दा अपरच्युनिटी कस्ट बढ्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago