अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजी र कामना सेवा विकास बैंकबीच सम्भौता

काठमाण्डौ – नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फर्स्याैटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिन यो सम्झौता गरिएको हो । यस सम्झौतापछि स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवाविकास बैंक बीच एससीटी–यूपीटी डेबिट कार्ड, स्मार्ट क्यूआर, एससीटी–एमपे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने विश्वास गरिएको छ । साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago