नेपालका विभिन्न ३० वटा होटेललाई क्यासिनो सञ्चालनका लागि अनुमति

काठमाडौँ: नेपालका विभिन्न ३० वटा होटेललाई क्यासिनो सञ्चालनका लागि अनुमति दिइएको छ । काठमाडौँका विभिन्न ९ वटा र उपत्यका बाहिरका दुई वटासहित ११ वटा पाँचतारे होटेलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन् भने १९ वटा होटेलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।

क्यासिनोको इजाजतले एउटा मात्रै होटेलमा सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट खेलाइने खेल(मिनी क्यासिनो(ले भने एउटै इजाजतले ४ वटा होटेलसम्ममा सञ्चालन गर्न पाउँछन् । क्यासिनो नियमावली २०७० आउनु अगाडि नै अनुमति पाएका तीन वटा मिनी क्यासिनो(सेन्ट्रल मिडिया, रक इन्टरनेशनल र ह्याप्पी आवरले) एउटै इजाजतबाट ४ वटा होटेलमा मिनी क्यासिनो सञ्चालन इजाजत पाएका छन् ।

क्यासिनोलाई दिएको इजाजत र नवीकरण बापत पर्यटन विभागले चालू आवको ६ महिनामा नै ६५ करोड रुपैयाँ राजस्व समेत सङ्कलन गरेको छ । पर्यटन विभागले चालू आवको ६ महिनासम्मा क्यासिनोका लागि जारी गरेको इजाजतको विवरण सार्वजनिक गरेको हो । यस्तो विवरण अनुसार चालू आर्थिक वर्षमा होटेल मेची क्राउन झापालाई मात्रै क्यासिनोको इजाजत दिएको छ भने उपत्यका बाहिरका विभिन्न ६ वटा होटेललाई मिनी क्यासिनो सञ्चालनको इजाजत दिएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago