बाहिरिएका लगानीकर्ताहरु पुनः बजारमा प्रवेश नेप्से सूचक ७३.०१ अंकले सुधार

काठमाडौं । कोभिड १९ का कारण लकडाउन हुने हल्ला सँगै शेयर बजारमा भने उल्लास छाएको छ । यसै क्रममा गत भदौ महिनामा शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पुनः बजारमा प्रवेश गरेका छन् । लगानीकर्ताको सहभागिता बढे सँगै कारोबार रकम पनि बढ्न थालेको छ ।

गत भदौ २ गते शेयर बजार अधिकतम विन्दुमा पुगेर तल झर्ने क्रममा २२८१ अंकसम्म घट्यो । नेप्से सूचक २२८१ सयसम्म तल झरेर उकालो लाग्ने क्रममा साढे ५ सय भन्दा धेरै अंकले सुधार भइसकेको छ । आज सताको पहिलो दिन पनि नेप्से सूचक ७३.०१ अंकले सुधार भएर २७६५.४७ मा बन्द भएको छ । सूचकमा आएको सुधार सँगै कारोबार रकम पनि ७ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावरको शेयरमा उछाल आएको छ । १८३ वटा कम्पनीको मूल्य बढ्दा ६ वटाको भने घटेको छ । केहिदिनदेखि भारतमा कोभिड १९ को संक्रमण ह्वात्तै बढेको छ । जसको प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ । भारतले केहि दिन भित्रै लकडाउन गर्ने हल्ला चल्दै गर्दा नेपालले पनि केहि दिन भित्रै स्मार्ट लकडाउन गर्न सक्ने अनुमान गरिएको छ । आजै कतिपय विद्यालयहरुले भौतिक पठन पाठन बन्द गरिसकेका छन् ।

यदि लकडाउन भयो भने यस भन्दा अगाडीको बुल पुनः दोहोरिन सक्ने लगानीकर्ताको अनुमान छ । यदि कोभिड १९ का कारण लकडाउन भयो भने व्यापार व्यवसाय ठप्प हुने र कर्जा रोकिने भएकाले बैंकिङ तरलता सहज हुने अनुमान गरिएको छ । भारतले केहि दिन भित्रमै सिमानाहरु बन्द गर्ने तयारी गरेकाले नेपालमा भित्रिने सामान पनि रोकिन्छ । सामान आयात रोकिने वित्तीकै व्यापारीले पुन शेयर बजारमा पैसा लगानी गर्ने र उचाल्ने विश्लेषण गरिएको छ ।

अन्य क्षेत्र बन्द भए पनि शेयर बजार भने अनलाइनबाट हुने भएकाले बन्द हुँदैन । त्यसैले गर्दा शेयर बजार पुन बढ्न सक्ने अनुमान गरिएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago