बाहिरिएका लगानीकर्ताहरु पुनः बजारमा प्रवेश नेप्से सूचक ७३.०१ अंकले सुधार

काठमाडौं । कोभिड १९ का कारण लकडाउन हुने हल्ला सँगै शेयर बजारमा भने उल्लास छाएको छ । यसै क्रममा गत भदौ महिनामा शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु पुनः बजारमा प्रवेश गरेका छन् । लगानीकर्ताको सहभागिता बढे सँगै कारोबार रकम पनि बढ्न थालेको छ ।

गत भदौ २ गते शेयर बजार अधिकतम विन्दुमा पुगेर तल झर्ने क्रममा २२८१ अंकसम्म घट्यो । नेप्से सूचक २२८१ सयसम्म तल झरेर उकालो लाग्ने क्रममा साढे ५ सय भन्दा धेरै अंकले सुधार भइसकेको छ । आज सताको पहिलो दिन पनि नेप्से सूचक ७३.०१ अंकले सुधार भएर २७६५.४७ मा बन्द भएको छ । सूचकमा आएको सुधार सँगै कारोबार रकम पनि ७ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।

आज विकास बैंक, फाइनान्स, हाइड्रोपावरको शेयरमा उछाल आएको छ । १८३ वटा कम्पनीको मूल्य बढ्दा ६ वटाको भने घटेको छ । केहिदिनदेखि भारतमा कोभिड १९ को संक्रमण ह्वात्तै बढेको छ । जसको प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ । भारतले केहि दिन भित्रै लकडाउन गर्ने हल्ला चल्दै गर्दा नेपालले पनि केहि दिन भित्रै स्मार्ट लकडाउन गर्न सक्ने अनुमान गरिएको छ । आजै कतिपय विद्यालयहरुले भौतिक पठन पाठन बन्द गरिसकेका छन् ।

यदि लकडाउन भयो भने यस भन्दा अगाडीको बुल पुनः दोहोरिन सक्ने लगानीकर्ताको अनुमान छ । यदि कोभिड १९ का कारण लकडाउन भयो भने व्यापार व्यवसाय ठप्प हुने र कर्जा रोकिने भएकाले बैंकिङ तरलता सहज हुने अनुमान गरिएको छ । भारतले केहि दिन भित्रमै सिमानाहरु बन्द गर्ने तयारी गरेकाले नेपालमा भित्रिने सामान पनि रोकिन्छ । सामान आयात रोकिने वित्तीकै व्यापारीले पुन शेयर बजारमा पैसा लगानी गर्ने र उचाल्ने विश्लेषण गरिएको छ ।

अन्य क्षेत्र बन्द भए पनि शेयर बजार भने अनलाइनबाट हुने भएकाले बन्द हुँदैन । त्यसैले गर्दा शेयर बजार पुन बढ्न सक्ने अनुमान गरिएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago