फाइल फोटो
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीको भाडा बढाइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर वृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार पहिलो १ किलोमिटरसम्मको यात्राको शुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरेको छ। सो १ किलोमिटरपश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाको दरले थप हुने गरी कायम गरिएको छ । सो भाडादर लागु गर्न मन्त्रालयले केही शर्तहरु तोकेको छ।
मन्त्रालयले ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नु पर्ने बताएको छ । यसका साथै सेवाग्राहीले ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ्ग कार्ड उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने, ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्नेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…