बिना एटीएम कार्ड कसरी पैसा निकाल्न सकिने ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूका लागि कार्ड लेस क्यास विड्र सेवाको सुरुआत गरेको छ । यो सुविधामार्पmत् सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट गरी पैसा निकाल्न सकिने छ ।

फाइल फोटो

यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिनेछ । उक्त प्रविधिको एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभएको छ ।

उहाँले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताउनुभयो । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी गर्ने, रकमान्तर गर्नेलगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्नेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स बैंकले १७४ वटा शाखाहरूबाट करीब १३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago