बिना एटीएम कार्ड कसरी पैसा निकाल्न सकिने ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूका लागि कार्ड लेस क्यास विड्र सेवाको सुरुआत गरेको छ । यो सुविधामार्पmत् सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट गरी पैसा निकाल्न सकिने छ ।

फाइल फोटो

यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिनेछ । उक्त प्रविधिको एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिना कार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभएको छ ।

उहाँले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताउनुभयो । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी गर्ने, रकमान्तर गर्नेलगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्नेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स बैंकले १७४ वटा शाखाहरूबाट करीब १३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago