NRNA आइसीसीद्वारा मिडिया टास्क गठन, जापान बाट गौतम

जापान । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले मिडिया टास्क फोर्स गठन गरेको छ ।

बेल्जियमका शिवकुमार बरुवाल र बेलायतका सोमनाथ सापकोटाको संयोजकत्वमा गठन गरिएको फोर्समा अष्ट्रेलियाका बाबाराजेश्वरी थापा उप-संयोजक रहेका छन् ।

चेक रिपब्लिकका डा. चिरन्जीवी खड्का सदस्य सचिव रहेको फोर्सको सदस्यमा पणिन्द्र भट्टराइ बेलायत, दीपक गौतम जापान, सूर्य थापा अमेरिका, चिरन्जिबी देबकोटा अस्ट्रेलिया, बिपिन निरौला बेलायत, ओम शर्मा बेल्जियम, गोबिन्द बानिया कोरिया, राजनराज कुँवर कोरिया, बद्री तिमिल्सिना क्यानडा, मेघराज सापकोटा कतार, नरेन्द्र बस्नेत बेलायत, गोकुल ढकाल अमेरिका, बसन्त रानाभाट स्पेन, कैलाश खरेल पोर्तुगल, बिष्णुहरी घिमिरे अमेरिका, दीपक धिताल जर्मन र दिनेश गौतम जर्मन सदस्य रहेका छन् ।

त्यसैगरी बेलायतका चिरन शर्मालाइ समाचार संयोजकमा राखिएको छ । सल्लाहकारहरुमा भगिरथ वियोगी बेलायत, दधी सापकोटा फ्रान्स, हेमन्त काफ्ले अस्ट्रेलिया र नरेश खपांगी बेलायत रहेको आइसिसिले जनाएको छ ।

जापान बाट सदस्य चुनिएका गौतम जापानबाट संचालित नेपाल न्यूज पोस्टका सम्पादक, नेपाल प्रेसको प्रवास ब्यूरोमा आबद्ध छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago