घाइते भएका अटो चालकले ज्यान गुमाए

२०७९, २१ श्रावण शनिबार १३:२५

पाल्पा २१ साउन ।
शुक्रबार भएको सवारी दुर्घटनामा घाइते भएका अटो चालकले ज्यान गुमाएका छन । निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका – ५, सानीअमराईमा जिप र अटो ठोक्किएर भएको दुर्घटनामा घाइते भएका ढेंगाको उपचारका क्रममा तानसेन स्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

रामपुरको बेझाडबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जीप ठोक्किएको थियो । दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका थिए ।

घाइते भएका सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।

Comments

ताजा खबर