राजश्व छली ल्याएका अबैध सामान बरामद

२०७९, १९ श्रावण बिहीबार ०९:०९

पाल्पा १९ साउन

पाल्पा प्रहरीले राजश्व छली गरेर ल्याएका अबैध सामान बरामद गरेको छ । तानसेनको बसपार्कमा चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा राजश्व छली ल्याएका सामाग्री प्रहरीले बरामद गरेको हो ।

विना विलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडी सहित चालक जिल्ला रौतहट डमरिया नगरपालिका ९ बस्ने बर्ष २७ का भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार जिल्ला रौतहट दुर्गा भगवती गाउँपालिका ५ बस्ने बर्ष १९ को रुपेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुबाट साना ठुला सादा कराई ८० वटा,फेन्सी साना ठुला कराई ७७ वटाको त्यस्तै कसौडी साना ठुला गरी जम्मा १ सय ५२ वटा र पट कुकर साना ठुला गरी जम्मा १ सय २९ वटा सामान बरामद भएको छ । उक्त सामान करिब १ लाख ९७ हजार १ सय रकम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाकाे अनुमान छ ।

Comments

ताजा खबर