काठमाडौँ: आज शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको । प्रदेश १ र मधेशका एक-दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आकलन गरिएको छ ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ र बाग्मती प्रदेशका एक(दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…