रुसी राष्ट्रपतिसँग इन्धन आयात गर्न श्रीलंकाका राष्ट्रपतिले मागे ऋण

श्रीलंका स्वतन्त्रताको सात दशकमा सबैभन्दा खराब वित्तीय सङ्कटसँग लडिरहेको बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै इन्धन आयात गर्न तत्काल ऋण सहयोगका लागि आग्रह गरेका छन् ।

दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो । ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै फलदायी वार्ता भयो । विगतका चुनौतीहरू पार गर्न आफ्नो सरकारले प्रदान गरेको सबै सहयोगको लागि उहाँलाई धन्यवाद दिँदै मैले वर्तमान सङ्कटलाई पराजित गर्न पनि श्रीलंकालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरें’ गोटाबायाले भने ।

गोटाबायाले पुटिनलाई श्रीलंकामा रूसी एयरलाइन्स एरोफ्लोट पुनः सञ्चालन गर्न पनि अनुरोध गरेका छन् । ‘पर्यटन, व्यापार लगायत अन्य क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने कुरामा हामी सहमत भएका छौं’ उनले भने। श्रीलंकाको पहलमा उक्त वार्ता भएको क्रेमलिनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै राष्ट्रपतिले द्विपक्षीय व्यापार र आर्थिक सहयोगका समसामयिक विषयमा विशेषगरी ऊर्जा, कृषि र यातायातका विषयमा छलफल गरेको बताइएको छ । । यस वर्ष दुई देशहरू बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सवको सन्दर्भमा ‘परम्परागत रूपमा मित्रवत् रुस-श्रीलंका सम्बन्धको प्रगतिशील विकास भएको छ।’ विज्ञप्तिमा जनाइएको छ ।

जुन २८ मा पत्रकार सम्मेलन गर्दै श्रीलंकाका सांसद महिन्दानन्द अलुथगामागेले इन्धन खरिदका लागि राष्ट्रपति राजापाक्षे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्तालाई सहज बनाउन श्रीलंकाका लागि रुसी राजदूतले छलफल शुरु गरेको बताए ।

यसै बीच जुन १० पछि निरन्तररूपमा इन्धन आपूर्ति सुनिश्चित गर्न सरकारले बृहत् संयन्त्र बनाएको छ । अभूतपूर्व इन्धन सङ्कटको बीचमा श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र राज्य-अनुमोदित निजी विद्यालयहरूको लागि एक हप्ता बिदाको घोषणा गरेको छ। यसअघि पनि १८ जुनमा श्रीलंका सरकारले एक साताका लागि सबै विद्यालय बन्द गर्ने घोषणा गरेको थियो ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि यस पालि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । देशमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएर रनिल विक्रमासिङ्घेलाई मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त गरेपछि चर्को विरोधले राजनीतिक अस्थिरता निम्त्याएको छ । टापु राष्ट्र विदेशी ऋण चुक्ताको कारणले गर्दा तीव्र विदेशी मुद्रा सङ्कटमा परेको छ । श्रीलंकाको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर रहेको छ । (एएनआई)

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago