बिर्तामोड ३ स्थित बिर्ताबजारमा अब छिट्टै व्यावसायिक कम्प्लेक्सको निर्माण थालिने भएको छ ।
टहरामा व्यवसाय गर्दै आएका व्यवसायीहरुले ठाउँ खाली गरिदिने भएपछि अब केही दिनमै सो कम्प्लेक्स निर्माण हुने भएको हो । कम्प्लेक्सका लागि करिब ५ करोडमा ठेक्का लागिसकेको छ । अर्थ मन्त्रालयले २ करोड बजेट निकासा गरिसकेको छ भने काम शुरु भएपछि १८ महिनाभित्र ६ करोड बजेट विनियोजन हुने भएको छ ।
हाल टहरामा व्यवसाय गरिरहेका व्यवसायीहरुकै लागि सो कम्प्लेक्स निर्माण हुने भएको हो । भुईतलामा अन्डरग्राउन्डसहितको पार्किङ, पहिलो तलामा व्यावसायिक सटर र माथिल्लो तलामा सामुदायिक भवन निर्माण गरिने संझौतामा उल्लेख छ । तीनतले सो भवनमा ६४ वटा सटर रहने जनाइएको छ । हाल बिर्ताबजारको टहरामा ६४ जना व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।
वर्षौदेखि टहरामा व्यवसाय गर्दै आएका त्यहाँका व्यवसायीहरुलाई कम्प्लेक्स निर्माण नहुन्जेलसम्म शिवालय मन्दिर अगाडि व्यवस्थापन गरिने भएको छ । तिनै व्यवसायीहरुकै लागि शिवालय मन्दिर अगाडिको ठाउँ खाली गरिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।
उनले जतिसक्दो व्यवसायीहरुले टहरा खाली गरे त्यति छिटो काम शुरु भई योजना निर्माण सम्पन्न हुने बताए । चालू आर्थिक वर्ष सकिन लागेकोले अबको २० दिनभित्र काम शुरु नगरे बजेट फ्रिज हुने भएकाले छिटोभन्दा छिटो टहरा खाली गर्न नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाले आग्रह गरे । उनले बिर्ताबजारका व्यवसायीहरुको हकहितकै लागि सो कम्प्लेक्स बन्न लागेकाले त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
आफ्नो कार्यकालमा धेरै मेहनेतले ल्याइएको सो बजेटलाई फ्रिज हुन नदिई सबैले मिलेर कार्यान्वयन गर्न पूर्व वडाध्यक्ष भोजराज सिटौलाले आग्रह गरे ।
सो कम्प्लेक्स निर्माण भएपछि पुरानो बिर्ताबजारले कायापलट गर्ने उनले विश्वास व्यक्त गरे । व्यवसायीहरुलाई अर्को ठाउँमा व्यवस्थापन गर्ने काममा ढिलाई हुँदा आफूहरुले समयमै टहरा खाली गर्न नसकेको व्यवसायी उदय साहले बताए । उनले अब भोलिदेखि नै आफूहरु साविक टहरा खाली गरी अर्को ठाउँमा स्थानान्तरण हुने जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…