प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने योजना फेरि अघि सारेको छ। बुधबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले यो योजना सुनाएका हुन्।
यसअघि शेरधन राई मुख्यमन्त्री र उषाकला राई सामाजिक विकास मन्त्री हुँदा पनि प्रदेश सरकारले स्थानीय मदिराको ब्रान्डिङ गर्ने बताएको थियो। सरकारले योजना बनाए पनि यसबारे कुनै काम अघि बढेको थिएन। राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले ल्याएको प्रदेश सभाको पहिलो कार्यकालको अन्त् नीति कार्यक्रममा घरेलु मदिरा ब्रान्डिङको मुद्दा फेरि समेटिएको हो। अहिले प्रदेश प्रमुखले संसदमा नीति कार्यक्रम वाचन गरिरहेका छन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…