काठमाडौँ- बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।
बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्।
स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अवरोध गरिरहेका स्थानीयलाई हटाउन प्रहरी परिचालन गरिएपछि झडप हुँदा स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ। तनाव बुधबार दिउँसोसम्म जारी रहेको र स्थानीयले फोहोरका गाडीहरु बाटैमा रोकिरहेको घटनास्थलमा रहेका प्रहरीले देशसञ्चारसँग बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…