काठमाडौंको न्युरोड रञ्जना गल्लीमा पुरूषको शव फेला

काठमाडौं- काठमाडौंको न्युरोडमा एक जना पुरूषको शव फेला परेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको बताए।

बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो।

मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन छन्। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago