काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपत्यकाको फोहोर नउठेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले लामो समयसम्म काठमाडौँको फोहोर नउठ्नुको कारण दिन माग गरे। श्रेष्ठले मंगलबार सिसडोलमा बल प्रयोग गरेर फोहोर फोलेको प्रति आपत्ति जनाए। जनताका कुरा सुनेर सम्बोधन गर्नुपर्नेमा उनीहरूमाथि बल प्रयोग गरेको भन्दै एमालेले विरोध जनाएको हो।
उनले भने, ‘सरकारले सिसडोलमा जनताका कुरा सुन्न भन्दा बल प्रयोगमा गर्याे। यो आपत्तिजनक छ। भनाइ सुन्नुपर्ने सरकार बल प्रयोगमा लाग्नु हुन्न।’
श्रेष्ठले काठमाडौँमा चाँडै फोहोर नउठाए सहन सक्ने अवस्था नरहेको जिकिर पनि गरे।‘धेरै दिनदेखि काठमाडौँमा फोहोर सहन सक्ने अवस्था छैन। तत्कालका लागि काठमाडौँको फोहोर अन्त लगेर फालिनुपर्छ। सभामुखबाट रुलिङ होस्। फोहोर नउठाए काठमाडौँका जनता चुप लागेर बस्दैन’, उनले अगाडि भने, ‘फोहोरको विषयमा सरकारको भनाइ के हो? फोहोर कहिले उठ्छ?’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…