फोहोर कहिले उठ्छ :एमालेको सरकारलाई प्रश्न ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपत्यकाको फोहोर नउठेको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार  एमाले सांसद कृष्णगोपाल श्रेष्ठले लामो समयसम्म काठमाडौँको फोहोर नउठ्नुको कारण दिन माग गरे। श्रेष्ठले मंगलबार सिसडोलमा बल प्रयोग गरेर फोहोर फोलेको प्रति आपत्ति जनाए। जनताका कुरा सुनेर सम्बोधन गर्नुपर्नेमा उनीहरूमाथि बल प्रयोग गरेको भन्दै एमालेले विरोध जनाएको हो।

उनले भने, ‘सरकारले सिसडोलमा जनताका कुरा सुन्न भन्दा बल प्रयोगमा गर्‍याे। यो आपत्तिजनक छ। भनाइ सुन्नुपर्ने सरकार बल प्रयोगमा लाग्नु हुन्न।

श्रेष्ठले काठमाडौँमा चाँडै फोहोर नउठाए सहन सक्ने अवस्था नरहेको जिकिर पनि गरे।‘धेरै दिनदेखि काठमाडौँमा फोहोर सहन सक्ने अवस्था छैन। तत्कालका लागि काठमाडौँको फोहोर अन्त लगेर फालिनुपर्छ। सभामुखबाट रुलिङ होस्। फोहोर नउठाए काठमाडौँका जनता चुप लागेर बस्दैन’, उनले अगाडि भने, ‘फोहोरको विषयमा सरकारको भनाइ के हो? फोहोर कहिले उठ्छ?’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago