इतिहास – राराको सौन्दर्य पछाडि लुकेको पीडा

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा                                                                                   विक्रम सम्बत २०२० फागुन २० गते मंगलवार राजा महेन्द्र रारा ताल पुगेका थिए । त्यतिबेला रारा पुग्ने वहाँ नै पहिलो बाहिरी ब्यक्ति हुनुहुन्थ्यो । केवल त्यहिँका वरपरकाले देखेको रारा यति सुन्दर छ भन्ने रारा गाँउ बाहिरकाहरु कमैलाई मात्र थाहा थियो । रारा देखेर राजा महेन्द्र यति मन्त्र मुग्ध भए कि त्यही ताल किनारमा रहेको धुपीको चौतारामा बसेर कविता कोरिहाले ।

सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा

सुनिल उलक बाट

राजा महेन्द्र राराबाट मोहित भए । रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागे । केही समय रारामा बिताएका राजा महेन्द्रले राराको सुन्दरताले बिगार्न नहुने बिचार ब्यक्त गरे । त्यो बेला पञ्चायतकाल थियो । राजाले बोलिदिए पछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुन्थ्यो । रारा क्षेत्रको बस्तीले राराको सुन्दरता नष्ट हुन सक्ने आकलन गरेर रारालाई बस्तीरहित बनाउनु पर्ने निधो भयो ।

राजा पुग्नु केहीको लागी खुशीको कुरा थियो । केही राजाका कविताले रमाए तर केहीको लागी भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो ।

ताल नजिकै तीन बस्तीहरु मुर्मा, रारा र छाप्रु थिए । यि बस्तीमा रारा र छाप्रुमा मात्र करिव २३२ घरधुरी थिए । २३२ घरधुरीमा करिव १५०० को संख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भूभागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा बिभिन्न चराचुरुङ्गीको जलक्रिडा स्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने निर्णय भयो । यसै बिच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।

रारा ताल फाइल तस्बिर

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो । करिव १०६ वर्ग किमी ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिव ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्तत २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ति जनताहरुको लागी बाँके बर्दियाको बिच जंगलको भूभाग छुट्याइयो । उच्च पहाडी भूभागमा बसोबास गर्नेहरुको लागी तराइको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दीमा अस्विकार गर्ने वा बिरोध गर्न सक्नै कसैको आँट नै हुदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानु भन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने बिचार सम्म गरे । तर कसैको सुनिएन ।

करिव ४५ वर्ष अगाडिको त्यो दिन गाँउलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढकढकाउदै सरकारी निर्णय सुनाउने आएँ, “बस्ती तुरुन्तै खालि गरि सरकारले दिएको तराइमा गएर बस्नु” यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटु भित्र सम्म बिझ्ने आदेश । सयौ वर्ष देखी बाजेबराजु देखि बसिआएको थातथलो सधैको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तैयार भए । बस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचविखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तैयार भए ।

यो बस्तीको कथा यति नयाँ होइन र धेरै पुरानो पनि होइन । पृथ्वीनारायण शाहको एकिकरण अभियान पछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य बिस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यहि क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा बि.सं १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए । आक्रमण पछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्ला तर्फ भागे त्यहाबाट तिब्बतमा शरण लिन पुगे । राजाले तिब्बतमा शरण लिन पुगे तर नातेदार तथा राज्यका केही जनताहरु जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तर तर्फ लागेका थिए । तिनै जुम्लेलीहरु नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरु राजाका नातेदारहरु थिए भने अन्य जुम्ला राज्यका जनताहरु थिए । यसरी झण्डै २०० वर्ष देखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो ब्यबस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासी झै नयाँ वस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिले देखि बसेका ३८ घरधुरीलाई अन्यत्र ब्यबस्थापन गराइए पछि बल्ल यि रारावासीलाई केही सन्तोष भयो ।

४० वर्ष बित्न लाग्दा रारा वरपर नयाँ बस्तीको शुरुवात भएको र होटलहरु खोल्न दिएको तर आफूहरुलाई फर्कन नदिँदा यिनीहरुको मनमा पक्कै पनि अति दुख लागेको हुनुपर्छ । अहिले रारा ताल घुम्न पुग्नेहरु राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन् । तर यिनीहरुको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझै पनि पुराना मन्दिरहरु तथा ढुङ्गेधाराहरु संरक्षणको पर्खाइमा छ । मुटू माथि ढुङ्गा राखेर बस्ती छोडेर गएकाहरुको पुस्ता बिस्तारै सकिदै जाँदा पीडा पोख्नेहरु हराउदै गए । नयाँ पुस्ता नयाँ ठाँउमा रमाइसकेका छन् ।

तस्विरमा त्यहि ताल किनार नजिकै रहेको रारा गाँउको बस्तीमा बस्ने केही बालकहरु घर अगाडी रमाइरहेको देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्वाउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्विर त्यो बस्तीको शायद अन्तिम तस्विरहरु मध्यका हुन् । यो बालकहरुको खेलकुद तथा रमाइलो पलहरु शायद यहाँको लागी अन्तिम भयो । यसको केही समय पछि नै यहाँको बस्ती सबै हटाइएको थियो ।                                  सुनिल उलकको सहयोग बाट साभार गरिएको

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago