दलहरु एक अर्काविरुद्ध आक्रामक, ऐजेन्डा बिहिन चुनाबिसभाहरु

काठमाडौं: स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन एमाले र विशेष गरि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।

चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमालेविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। यसैबीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना दलले गरेका कामहरुको प्रचार गर्दै ओली नेतृत्वको सरकारको आलोचना गरेको छ । ६७ बुँदे अपीलमार्फत एमालेले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरिरहँदा कांग्रेसले पनि ओलीविरुद्ध यस्तै आरोप लगाएको छ ।

कांग्रेसले सञ्चारमाध्यमरुलाई इमेलमार्फत ओली सरकारका पालमा भएका नराम्रा कामहरुको सूची पठाएको हो । नेपाली कांग्रेसले एमालेमाथि सेक्युरिटी प्रेस खरिद, पूर्व तयारी नहुँदै ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण २५ करोडको सामानलाई सबा अर्ब, कांग्रेसले जितेका नगरपालिका सुशासनमा अब्बल, एमालेले जितेका कमजोर, ओली सरकारका पालामा भ्रष्टाचार उत्कर्षमा, ट्रान्स्परेन्सीले भन्यो अनुसन्धान नहुँदै सहकर्मीलाई सफाई दिन थालियो, गुठीमा ओली सरकारको हस्तक्षेप, संसद विघटन लगायतको आरोप लगाएको हो ।

कांग्रेसले आफ्नो सरकारले गरेका काम भन्दै मेलम्ची खानेपानी, नेपाल भारत विद्युत व्यापार, कांग्रेसको आर्थिक उदारीकरणले बैंक तथा वित्तीय संस्थाको संख्या र पहुँचमा वृद्धि भएको लगायत काम भएको उल्लेख गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago