काठमाडौं: स्थानीय तहको निर्वाचन आउँन पाँच दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु एक अर्काविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेका छन् । सत्ता गठबन्धन प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध आक्रमक भइरहँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन एमाले र विशेष गरि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् ।
चुनावी सभामा ओलीले गठबन्धनको चर्को आलोचना गरिरहँदा गठबन्धन दलका नेताहरुले एमालेविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। यसैबीच सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आफ्ना दलले गरेका कामहरुको प्रचार गर्दै ओली नेतृत्वको सरकारको आलोचना गरेको छ । ६७ बुँदे अपीलमार्फत एमालेले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरिरहँदा कांग्रेसले पनि ओलीविरुद्ध यस्तै आरोप लगाएको छ ।
कांग्रेसले सञ्चारमाध्यमरुलाई इमेलमार्फत ओली सरकारका पालमा भएका नराम्रा कामहरुको सूची पठाएको हो । नेपाली कांग्रेसले एमालेमाथि सेक्युरिटी प्रेस खरिद, पूर्व तयारी नहुँदै ३२ अर्बको रेल्वे ठेक्का, ओम्नी प्रकरण २५ करोडको सामानलाई सबा अर्ब, कांग्रेसले जितेका नगरपालिका सुशासनमा अब्बल, एमालेले जितेका कमजोर, ओली सरकारका पालामा भ्रष्टाचार उत्कर्षमा, ट्रान्स्परेन्सीले भन्यो अनुसन्धान नहुँदै सहकर्मीलाई सफाई दिन थालियो, गुठीमा ओली सरकारको हस्तक्षेप, संसद विघटन लगायतको आरोप लगाएको हो ।
कांग्रेसले आफ्नो सरकारले गरेका काम भन्दै मेलम्ची खानेपानी, नेपाल भारत विद्युत व्यापार, कांग्रेसको आर्थिक उदारीकरणले बैंक तथा वित्तीय संस्थाको संख्या र पहुँचमा वृद्धि भएको लगायत काम भएको उल्लेख गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…