निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने

काठमाडौं: स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

त्यसमा लेखिएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना छ । २९ गते मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना पनि छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।

‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ ।

‘यसले पहाडी भूभागहरुमा अलि धेरै असर पार्ने देखिन्छ’, मौसमविद् हिरा भट्टराईले अनलाइनखबरसँग भने, ‘तराई मधेशका जिल्लामा अग्ला पहाडहरु नभएकाले पहाडी भूभागको तुलनामा कम असर पर्छ ।’

पूर्वसावधानी भने देशैभर अपनाउनुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा छाता बोकेर भोट हाल्न जानुपर्छ ।’

असानीको चक्रवातको आंशिक प्रभाव

असानी चक्रवात भारतको उत्तरपश्चिम तर्फ सर्ने क्रममा छ । वैशाख ३० गतेसम्म यो कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिन्छ ।

मौसमविद भट्टराईका अनुसार असानी चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा पर्दैन । तर त्यसको आंशिक असर भने देखिन्छ । जलवाष्पयुक्त हावा नेपालसम्मै आउने छ । खासगरी पूर्वी नेपालबाट जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले अन्यको तुलनामा पूर्वी नेपालमा अलि बढी पानी पर्ने पूर्वानुमान छ ।

‘यसले अन्तभन्दा पूर्वमा अलि बढी असर पार्ने हो,’ मौमसविद भट्टराईले भने, ‘लगातार झरी पर्दैन तर पानी पर्ने, केहीबेर रोकिने र फेरि पानी पर्ने हुन्छ ।’ यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

साथै मौसम पूर्वानुमान महाशाखाले सो प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने पनि जनाएको छ । अहिले मनसुनको पूर्वअवस्था (प्रिमनसुन) छ । प्रिमनसुन अवधिमा दिउँसो घाम लाग्ने र साँझपख मेघ गर्जन र चट्याङसहित पानी पर्ने हुन्छ । अहिले मेघ गर्जन र चट्याङसहित पानी पर्नुलाई सामान्य रुपमा लिनुपर्ने मौसमविद विष्णु न्यौपाने बताउँछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago