गठबन्धनमा आबद्ध दल निकट पत्रकारलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ- सत्तारुढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिएको हो । पत्रकारका पाँच संगठनले जारी गरेको विज्ञप्तिले आयोगको ध्यानाकर्षण भएर लिखित जवाफसहितको स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।

आयोगले विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रेस युनियनका बद्री सिग्देल, प्रेस सेन्टरका विष्णु सापकोटा, समाजवादी प्रेसका शम्भू श्रेष्ठ, प्रेस मञ्चका केशव अर्याल र प्रगतिशील पत्रकार संघका श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago