देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस्ः राजेन्द्र लिङ्देन

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन्।

राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन्।

देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरु सुध्रन जरुरी भएको उनले बताए। ‘यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने ‘यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस्।’

सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago