सुवेदी आफ्नै नाम जस्तै सुन्दर बनाउन चाहान्छन चितवनको रत्ननगर -१२ लाई ।

चितवन । यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्।

उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनि नेकपा (माओवादी केन्द्र ) बाट उमेदवार बनेका हुन्। सानै देखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् ।

त्यसैले आफुलाई वर्डा अध्यक्षमा जनताले निर्वाचित गरेमा कुनै तलब भत्ता नलिई काम गर्ने उनि बताउँछन् । आफ्नो वर्डालाई रत्ननगरकै उत्कृष्ट वर्डा बनाउन लागि पर्ने र जस्को लागि वर्डाका सबै विचार भएका अग्रजहरु संग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ।

वर्डामा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता समेत उनले जनाए। आफुले वर्डामा रहेका वृद्धा, युवा , महिला, जनजाति एवं दलितको समस्या नजिकबाट बुझेकाले काम गर्न सहज हुने सुवेदीको तर्क छ।

कोबिटको महामारीमा वर्डाको सालघारी लगाएत ठाँउहरुमा राहत बाड्ने नेतृत्व गरेको र वडावासीलाई समस्या पर्दा सुवेदीको सक्रिय उपस्थिति हुने गरेकोले उहाँको पक्षमा चुनाब प्रचार – प्रसारमा लागेका प्रदिप तमाङ्गको भनाई छ।

बिगतमा सुन्दरमणि सुवेदीले धेरै संघ-संस्थामा रहेर काम गरि सकेका छन् । सोही वर्डाको पञ्चदिप राप्राविमा विध्यालय व्यवस्थापन समितिको अध्यक्ष, पञ्चकन्या सामुदायिक बन र रत्ननगर उद्योग बाणिज्य संघमा कार्यसमिति, पञ्चदिप युवा क्लवका अध्यक्ष लगाएत ठाउँहरुमा उनले नेत्तृत गरि सकेका छन्। धार्मिक संस्था श्रीकृष्ण प्रणामी मन्दिरमा पनि उनको आबद्धता रहेको छ।

यतिबेला सुबेदी लगाएत उनका टिम आफ्ना एजेण्डा सहित वर्डा वासीको घर – घरमा पुगेका छन्। सुबेदीको टिममा महिला सदस्य चन्द्रकला पनेरु, दलित महिला सदस्य मायादेवि विक, खुल्ला तर्फ सदस्य सुमन परियार र टंकप्रसाद भट्ट रहेका छन्।

जनताको घर आँगनमा जाँदा जनता बाट प्राप्त आश्वाशन र अपार मायाका कारण हाम्रो टिमनै बिजयी हुनेमा विश्वस्त छौं । सोही वर्डाका खुल्ला तर्फका वर्डा सदस्यका उमेदवार टंकप्रसाद भट्टले भने। २०७४ सालमा वडा नम्बर १२ मा कुल ३ हजार ६ सय मतदाता रहेकोमा अहिले ४ हजार २ सय ९५ जना मतदाता रहेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago