सुवेदी आफ्नै नाम जस्तै सुन्दर बनाउन चाहान्छन चितवनको रत्ननगर -१२ लाई ।

चितवन । यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्।

उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनि नेकपा (माओवादी केन्द्र ) बाट उमेदवार बनेका हुन्। सानै देखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् ।

त्यसैले आफुलाई वर्डा अध्यक्षमा जनताले निर्वाचित गरेमा कुनै तलब भत्ता नलिई काम गर्ने उनि बताउँछन् । आफ्नो वर्डालाई रत्ननगरकै उत्कृष्ट वर्डा बनाउन लागि पर्ने र जस्को लागि वर्डाका सबै विचार भएका अग्रजहरु संग परामर्श गरेर अघि बढ्ने उनको भनाई छ।

वर्डामा रहेको सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता समेत उनले जनाए। आफुले वर्डामा रहेका वृद्धा, युवा , महिला, जनजाति एवं दलितको समस्या नजिकबाट बुझेकाले काम गर्न सहज हुने सुवेदीको तर्क छ।

कोबिटको महामारीमा वर्डाको सालघारी लगाएत ठाँउहरुमा राहत बाड्ने नेतृत्व गरेको र वडावासीलाई समस्या पर्दा सुवेदीको सक्रिय उपस्थिति हुने गरेकोले उहाँको पक्षमा चुनाब प्रचार – प्रसारमा लागेका प्रदिप तमाङ्गको भनाई छ।

बिगतमा सुन्दरमणि सुवेदीले धेरै संघ-संस्थामा रहेर काम गरि सकेका छन् । सोही वर्डाको पञ्चदिप राप्राविमा विध्यालय व्यवस्थापन समितिको अध्यक्ष, पञ्चकन्या सामुदायिक बन र रत्ननगर उद्योग बाणिज्य संघमा कार्यसमिति, पञ्चदिप युवा क्लवका अध्यक्ष लगाएत ठाउँहरुमा उनले नेत्तृत गरि सकेका छन्। धार्मिक संस्था श्रीकृष्ण प्रणामी मन्दिरमा पनि उनको आबद्धता रहेको छ।

यतिबेला सुबेदी लगाएत उनका टिम आफ्ना एजेण्डा सहित वर्डा वासीको घर – घरमा पुगेका छन्। सुबेदीको टिममा महिला सदस्य चन्द्रकला पनेरु, दलित महिला सदस्य मायादेवि विक, खुल्ला तर्फ सदस्य सुमन परियार र टंकप्रसाद भट्ट रहेका छन्।

जनताको घर आँगनमा जाँदा जनता बाट प्राप्त आश्वाशन र अपार मायाका कारण हाम्रो टिमनै बिजयी हुनेमा विश्वस्त छौं । सोही वर्डाका खुल्ला तर्फका वर्डा सदस्यका उमेदवार टंकप्रसाद भट्टले भने। २०७४ सालमा वडा नम्बर १२ मा कुल ३ हजार ६ सय मतदाता रहेकोमा अहिले ४ हजार २ सय ९५ जना मतदाता रहेका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago