कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्नः तपाईंका नेताले पार्टी सिध्याए, के हेरेर बस्नु ?

चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।

‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ?, ओलीले प्रश्न गरे। चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे।

‘अस्ति मात्रै धम्की सुन्नुभयो होला। मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने?, ओलीले प्रश्न गरे।

आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए। अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए।

अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago