अबका दिनमा विकास निर्माणसंगै उद्यमशीलता र रोजगारीको सृजना गर्न आवश्यक

बिर्तामोड ,नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले अबका दिनमा विकास निर्माणसंगै उद्यमशीलता र रोजगारीको सृजना गर्न आवश्यक रहेको बताएकी छन् ।

स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा शुक्रवार वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी सभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशीलता र व्यावसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताइन् । उनले व्यावसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रवद्र्धनका योजनाहरुलाई पनि अघि बढाउने आश्वासन दिइन् ।

एमालेले वडा नम्बर ७ मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रको रुपमा संरक्षण गर्ने,अग्निपथ निर्माण गर्ने,सहिद नेत्र पार्कलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने,कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्नेलगायतका महत्वपूर्ण योजनाहरुलाई अघि सारेको छ ।

यसैगरी कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र भएकाले यसको नियन्त्रणका लागि सबै ठाउँमा विद्युतीय तारबार लगाउने बताए । उनले देउनिया खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाए । यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडकसहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने ,ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने आश्वासन दिए ।

कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्कीलगायतका नेताहरुले संवोधन गरेका थिए । शुक्रवार वडा नम्बर ७ को सिताराम टोल,मिलडाँडा,मियावाडी,गरामनी,भुसावाडीलगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago