अबका दिनमा विकास निर्माणसंगै उद्यमशीलता र रोजगारीको सृजना गर्न आवश्यक

बिर्तामोड ,नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले अबका दिनमा विकास निर्माणसंगै उद्यमशीलता र रोजगारीको सृजना गर्न आवश्यक रहेको बताएकी छन् ।

स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा शुक्रवार वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी सभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशीलता र व्यावसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताइन् । उनले व्यावसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रवद्र्धनका योजनाहरुलाई पनि अघि बढाउने आश्वासन दिइन् ।

एमालेले वडा नम्बर ७ मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रको रुपमा संरक्षण गर्ने,अग्निपथ निर्माण गर्ने,सहिद नेत्र पार्कलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने,कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्नेलगायतका महत्वपूर्ण योजनाहरुलाई अघि सारेको छ ।

यसैगरी कोणसभालाई सम्बोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र भएकाले यसको नियन्त्रणका लागि सबै ठाउँमा विद्युतीय तारबार लगाउने बताए । उनले देउनिया खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाए । यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडकसहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने ,ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने आश्वासन दिए ।

कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्कीलगायतका नेताहरुले संवोधन गरेका थिए । शुक्रवार वडा नम्बर ७ को सिताराम टोल,मिलडाँडा,मियावाडी,गरामनी,भुसावाडीलगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago