धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् । हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्द्रबाट आएको सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनु पर्ने छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको ठाउँमा कांग्रेसका मन्त्री आउने भएपछि समाजवादी पार्टीले सामूहिक राजीनामा दिन लाग्नु भएको हो।
हाल आन्तरिक मामिला तथा कानुन मन्त्री रहनु भएको एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पूर्ण जोशीले हाल सामूहिक राजीनामा दिएर पछि सरकारमा जाने बताउनु भयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…