धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीका मन्त्रीले सामूहिक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन् । हाल समाजवादी पार्टीले ४ मन्त्री र ३ राज्य मन्त्री पाएको थियो । तर, केन्द्रबाट आएको सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनु पर्ने छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको ठाउँमा कांग्रेसका मन्त्री आउने भएपछि समाजवादी पार्टीले सामूहिक राजीनामा दिन लाग्नु भएको हो।
हाल आन्तरिक मामिला तथा कानुन मन्त्री रहनु भएको एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पूर्ण जोशीले हाल सामूहिक राजीनामा दिएर पछि सरकारमा जाने बताउनु भयो ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…