बिर्तामोडको वडाध्यक्षमा एमालेबाट को को भए सिफारिस ?

स्थानीय तहको निर्वाचनका लागि एमालेका तर्फबाट बिर्तामोडका दशैवटा वडाको वडाध्यक्षका लागि उम्मेदवार सिफारिस भएको छ ।चारवटा वडामा सर्वसम्मत र अन्यमा मतदानबाट उम्मेदवार छनौट गरी सिफारिस गरिएको हो । बिर्तामोडको वडा नं ३ ,५, ६ र १० मा सर्वसम्मत उम्मेदवार छनौट भएका हुन् । बिर्तामोड वडा नं ३ मा युवा व्यक्तित्व मदन बुढाथोकी वडाध्यक्षका लागि सिफारिस भएका छन् । त्यस्तै वडा सदस्यमा हरि बाँसकोटा , भाग्यमान लिम्बू , धनसरी राजवंशी र लक्ष्मी रोक्का चयन भएका छन् ।

त्यस्तै वडा नं १० को वडाध्यक्षमा रिमानध्वज लोक्ताम सिफारिस भएका छन् । वडा सदस्यमा गीता घिमिरे , प्रेम पौडेल , भक्तसिंह राजवंशीको नाम सिफारिस भएको जनाइएको छ । त्यस्तै बिर्तामोड वडा नं ५ मा राजेन्द्रप्रसाद लिङ्देनलाई दोहोर्याउने गरी वडाध्यक्षमा सिफारिस गरिएको छ । वडा सदस्यको नाम भने टुंगो लगाउन बाँकी रहेको छ ।

यस्तै वडा नं ६ मा बुद्धिराम भट्टराई , उमेश खतिवडा , अनिता कन्दङ्वा , देवी नेपाललगायत सिफारिस भएका छन् । उनीहरुमध्येबाट एकजनालाई वडाध्यक्षमा सिफारिस गरिने एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।

त्यस्तै अन्य वडाहरुमा मतदानबाट वडाध्यक्षको उम्मेदवार टुंगो लगाइएको छ । मतभारका आधारमा सबैभन्दा बढी मत ल्याउने आकांक्षीलाई सिफारिस गरिएको नगर अध्यक्ष भट्टराईले बताए । बढी मतभारका आधारमा वडा नं १ मा अग्नी पाण्डे ,२ मा किशोर पौडेल , ७ मा अविरल कृष्ण खरेल , ८ मा विष्णु भट्टराई , ९ मा हरि चौलागाई वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस भएका छन् । वडा नं ४ मा छविलाल विश्वकर्मा र राहुल शर्माले बराबरी मतभार ल्याएकाले ती दुईजनामध्ये मेयर र उपमेयरको निर्वाचनमा मत बढी आकर्षित गर्नसक्नेलाई जिल्ला कमिटीमा उम्मेदवारको रुपमा सिफारिस गरिने भट्टराईले जानकारी दिए ।

एमालेले झापाको १३१ वडामा उम्मेद्वार छनौट प्रक्रिया शुरु गरेको हो । नेकपा एमालेले जिल्लाको ३६ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले जिल्लाका १३१ वटै वडाबाट जिल्लामा सिफारिस पठाइसकिएको जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago