बिर्तामोडको वडाध्यक्षमा एमालेबाट को को भए सिफारिस ?

स्थानीय तहको निर्वाचनका लागि एमालेका तर्फबाट बिर्तामोडका दशैवटा वडाको वडाध्यक्षका लागि उम्मेदवार सिफारिस भएको छ ।चारवटा वडामा सर्वसम्मत र अन्यमा मतदानबाट उम्मेदवार छनौट गरी सिफारिस गरिएको हो । बिर्तामोडको वडा नं ३ ,५, ६ र १० मा सर्वसम्मत उम्मेदवार छनौट भएका हुन् । बिर्तामोड वडा नं ३ मा युवा व्यक्तित्व मदन बुढाथोकी वडाध्यक्षका लागि सिफारिस भएका छन् । त्यस्तै वडा सदस्यमा हरि बाँसकोटा , भाग्यमान लिम्बू , धनसरी राजवंशी र लक्ष्मी रोक्का चयन भएका छन् ।

त्यस्तै वडा नं १० को वडाध्यक्षमा रिमानध्वज लोक्ताम सिफारिस भएका छन् । वडा सदस्यमा गीता घिमिरे , प्रेम पौडेल , भक्तसिंह राजवंशीको नाम सिफारिस भएको जनाइएको छ । त्यस्तै बिर्तामोड वडा नं ५ मा राजेन्द्रप्रसाद लिङ्देनलाई दोहोर्याउने गरी वडाध्यक्षमा सिफारिस गरिएको छ । वडा सदस्यको नाम भने टुंगो लगाउन बाँकी रहेको छ ।

यस्तै वडा नं ६ मा बुद्धिराम भट्टराई , उमेश खतिवडा , अनिता कन्दङ्वा , देवी नेपाललगायत सिफारिस भएका छन् । उनीहरुमध्येबाट एकजनालाई वडाध्यक्षमा सिफारिस गरिने एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।

त्यस्तै अन्य वडाहरुमा मतदानबाट वडाध्यक्षको उम्मेदवार टुंगो लगाइएको छ । मतभारका आधारमा सबैभन्दा बढी मत ल्याउने आकांक्षीलाई सिफारिस गरिएको नगर अध्यक्ष भट्टराईले बताए । बढी मतभारका आधारमा वडा नं १ मा अग्नी पाण्डे ,२ मा किशोर पौडेल , ७ मा अविरल कृष्ण खरेल , ८ मा विष्णु भट्टराई , ९ मा हरि चौलागाई वडाध्यक्ष उम्मेदवारका लागि सिफारिस भएका छन् । वडा नं ४ मा छविलाल विश्वकर्मा र राहुल शर्माले बराबरी मतभार ल्याएकाले ती दुईजनामध्ये मेयर र उपमेयरको निर्वाचनमा मत बढी आकर्षित गर्नसक्नेलाई जिल्ला कमिटीमा उम्मेदवारको रुपमा सिफारिस गरिने भट्टराईले जानकारी दिए ।

एमालेले झापाको १३१ वडामा उम्मेद्वार छनौट प्रक्रिया शुरु गरेको हो । नेकपा एमालेले जिल्लाको ३६ वटा वडामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गरेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले जिल्लाका १३१ वटै वडाबाट जिल्लामा सिफारिस पठाइसकिएको जानकारी दिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago