बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ५ जना दावेदार देखिएका छन् ।
पूर्वकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा स्थानीय तह निर्वाचनको लागि ५ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् । जसको छिनोफानो हुँदैछ । आकांक्षा राख्न दिइएको समयभित्र ५ जनाले मेयरको इच्छा राखेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका छन् । आज मतदान प्रक्रियाबाट उनीहरुको छिनोफानो हुँदैछ । दिउँसो २.३० बजेदेखि शुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ । मतदानमा वडा कमिटी र नगर कमिटीका ४२६ जना पदाधिकारीहरुले भाग लिएका छन् । मतदानपछि आजै मतगणना हुने भएको छ । बढी मतभार ल्याउने ३ जना आकांक्षी टिकटका लागि उपल्लो कमिटीमा सिफारिस हुनेछन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…