बिर्तामोड नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट ५ जना दावेदार देखिएका छन् ।
पूर्वकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा स्थानीय तह निर्वाचनको लागि ५ जना आकांक्षीले पार्टीको नगर कमिटीमा उम्मेदवारी दर्ता गराएका छन् । जसको छिनोफानो हुँदैछ । आकांक्षा राख्न दिइएको समयभित्र ५ जनाले मेयरको इच्छा राखेका छन् । मेयरका लागि बहालवाला मेयर ध्रुवकुमार शिवाकोटी , उपमेयर पवित्रा महतारा प्रसाई , प्रदेश सांसद एकराज कार्की , उमानाथ ओली र वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै उपमेयरका लागि बद्री भट्टराई , देवराज कार्की , गणेश पोखरेल , प्रविण पोखरेल र भीमा शिवाकोटीले इच्छा राखेर निवेदन दिएका छन् । आज मतदान प्रक्रियाबाट उनीहरुको छिनोफानो हुँदैछ । दिउँसो २.३० बजेदेखि शुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ । मतदानमा वडा कमिटी र नगर कमिटीका ४२६ जना पदाधिकारीहरुले भाग लिएका छन् । मतदानपछि आजै मतगणना हुने भएको छ । बढी मतभार ल्याउने ३ जना आकांक्षी टिकटका लागि उपल्लो कमिटीमा सिफारिस हुनेछन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…