जनतालाई आतंकित पार्ने काम अन्त्य गरौं- अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलंका बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन् ।’

उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ । उनले भने ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं । श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गरौं ।’
शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे । अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।

अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले भने ‘हाम्रा आलुहरु दूरदराजमा त्यतिकै फालिएका छन् । तिनलाई बजारमा पुर्‍याउने सोच बनाएनौं । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौं । आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौं । हाम्रो प्याजलाई राख्ने स्टोर बनाउन सकेनौं । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं । हाम्रा नीतिमा कतै कमजोरी भयो ।’ राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार रहेको बताउादै उनले आफूले नबुझेको कुरा पनि राष्ट्र बैंकसँग सोध्ने गरेको बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago