विवाहको दुलाहाको पहिरन : ८ हजारदेखि २ लाखसम्म मूल्य

काठमाडौं । विवाहको बन्दोबस्ती गरिरहँदा प्रमुखताका साथ राखिने सूची हो, लत्ताकपडा । विवाह जस्तो शुभकार्यमा घरपरिवारका सदस्य र आगन्तुकले समेत एकसरो नयाँ लुगा फेर्ने चलन छ । यसमा दुलहा र दुलहीको पहिरनले अरु महत्व पाउँछ ।

बदलिंदो समयसँगै दुलहाको पहिरनमा परिमार्जन भइरहेको देखिन्छ । चाहे दौरा सुरुवालमा होस् वा सेरवानीमा, नयाँ शैली भित्रिएको छ ।

वैवाहिक समारोहमा दुलहा र दुलहीको परिहन विशेष हुने नै भयो । चलनचल्ती अनुसार दुलहीले साडी र दुलहाले दौरा सुरुवाल वा सुट लगाउने चलन व्यापक छ । त्यसो त भूगोल, समुदायअनुसार आ-आफ्नै मौलिक पहिरन लगाउने पनि गरिएको छ । यद्यपि धेरैजसोले विवाहमा दौरा सुरुवाल वा कोट–पाइन्ट लगाउने गरेको पाइन्छ ।

केही वर्षअघिसम्म कोट पाइन्ट अर्थात् सुट लगाउने चलन व्यापक थियो । तर पछिल्लो समय भने दौरा सुरुवाल बढी रुचाइएको छ । जानकारहरुका अनुसार बजारमा ढाकाको दौरा सुरुवाल, बकेटको दौरा सुरुवाल र सेरवानी बढी चलेको छ ।

काठमाडौंको बागबजारस्थित टिपटप टेलर्सका गणेश केसीका अनुसार अहिले अधिकांश दुलहाले बकेटको दौरा सुरुवाल मन पराउने गरेका छन् । ‘पहिले जस्तो सुट लगाउने चलन खासै छैन,’ उनी भन्छन्, ‘धेरैजसो मेरुन कलर र बकेटको दौरा सुरुवाल खोज्न आउँछन् ।’

विगतमा दौरा सुरुवाल नै अनिवार्य जस्तै थियो । त्यसबेला कोट पाइन्ट भित्रिएको थिएन । तर आधुनिक समाजले कोट पाइन्ट भित्र्यायो । विवाह समारोहमा कोट, पाइन्ट र टाइमा ठाँटिनेहरु बढे । विवाहमा दुलहाले पनि यही पहिरनलाई बढी रुचाए । समयक्रममा फेरि दौरा सुरुवाल नै औपचारिक पहिरनको रुपमा लोकप्रिय हुन थाल्यो, खासगरी विवाहमा । यद्यपि यतिबेला दौरा सुरुवाल विगतमा भन्दा केही परिमार्जित भएर आयो र युवापुस्ताको रुचिअनुसार त्यसको काटछाँट गरियो ।

फिटिङ्स दौरा सुरुवालमा कोट, इस्टकोटदेखि टोपी र जुत्तासम्मको रंग संयोजन मिलाएर लगाउन थालियो । खासगरी ढाकाको दौरा सुरुवाल दुलहाको पहिरन बन्यो । पछिल्लो समय दौरा सुरुवालमा पनि एकरुपता देखिएन । पछिल्लो समय दुलहाले बकेटको दौरा सुरुवाल रुचाउन थालेका छन् ।

त्यसो त विवाहका भिन्नाभिन्नै समारोहमा दुलहाको पहिरन पनि भिन्नाभिन्नै हुने बताइन्छ । टिपटप टेलका केसी भन्छन्, ‘एउटै विवाहमा दुलहाले कहिले कोट पाइन्ट त कहिले सेरवानी लगाउने गरेका छन् । जस्तो ‘इन्गेजमेन्ट’का दिन सेरवानी लगाउने चलन छ भने भोजमा सरिक हुँदा कोट पाइन्ट लगाउने गर्छन् ।

बजारमा दुलहाका लागि अनेकथरी पहिरन उपलब्ध छन् । मूल्यमा पनि विविधता छ । न्यूनतम ८ हजारदेखि २ लाख रुपैयाँसम्मको पहिरन बजारमा पाइन्छन् । कपडा र डिजाइन हेरेर त्यसको मूल्य निर्धारण गरिन्छ ।

बागबजारस्थित मेरो टेलर्सका सदिश श्रेष्ठका अनुसार अहिलेका युवाहरुले इटालियन ब्रान्डका पहिरन खोज्ने गरेका छन् ।

‘दुलाहाले मरुन, रोयल ब्लु र उज्याला रंगका कपडा खोजिरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘अहिले सबैभन्दा बढीले प्रयोग गर्ने भनेकै बकेटको दौरा सुरुवाल हो ।’ बकेटको दौरा सुरुवालको सेटमा खुकुरी, सल, मोतीमाला, टोपी, बेल्ट र चप्पलको संयोजन हुन्छ । यसलाई बकेट सेट भन्ने गरिएको छ ।

त्यसैगरी दुलाहाका आफन्त वा नातेदारले पनि दौरा सुरुवाल लगाउने गरेका छन् । दौरा सुरुवालको सेटको मूल्य ८ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ ।

‘बजारमा सस्तादेखि महँगोसम्मका पहिरन छन् । तर अहिले धेरैले १३ हजारदेखि १५ हजारसम्मको खोज्छन्,’ श्रेष्ठले भने । यसैगरी फूलमालाको दिन दुलाहाले लगाउने सेरवानी १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्ममा पाइन्छ ।

पुतलीसडकमा रहेको द रेमण्ड सप टेलरले सुट मात्रै बिक्री गर्छ । रेडमण्डमा सस्तोदेखि महँगोसम्मका सुटको कपडा पाइन्छन् । रेडमण्डका देवेन्द्र पण्डितका अनुसार ८ हजारदेखि २ लाखसम्मका सुटका कपडा पाइन्छन् ।

‘कपडाको गुणस्तर हरेर सुटको मूल्य निर्धारण गरेका हौं । रेडमण्ड भारतीय ब्रान्ड भएकाले पनि महँगो परेको हो,’ पण्डितले भने । उनका अनुसार अहिले युवापुस्ताले मरुन र गाढा निलो रंगका कपडा बढी खोज्ने गरेका छन् । दुलाहाको पहिरन बेहुलीको पहिरनमा पनि भरपर्ने गरेको उनी बताउँछन् । ‘अधिकांश दुलाहाले दुलहीको लेहेंगासँग सुहाउँदो रंग छनोट गर्छन्,’ उनी भन्छन्, ‘कतिले भने आफ्नो शरीर सुहाउँदो रंग छनोट गर्छन् ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago