काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । सामाजिक सञ्जालबाट टाढा हुने भन्दै पोस्ट गरेका सबै तस्वीर उनले डिलेट गरेकी छन् ।
फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन । यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् ।
फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ । ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु,’ उनले भनिन् ।
५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…