पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन, उल्ट्यायो अविश्वास प्रस्ताव खारेजीको घोषणा

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेजको निर्णय उल्ट्याएको छ । यस्तै संसद विघटन गर्ने निर्णय पनि बदर गरिदिएको छ।

योसँगै खानविरुद्ध स‌ंसदमा अविश्वास प्रस्तावमा मतदानकाे बाटो खुला भएको छ ।

अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको फैसला बिहीबार साँझ त्यहाँको अखबार डनले गरेको छ। सर्वोच्चले पुनर्स्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ। सर्वोच्चले शनिबार नै अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ।

गत आइतबार प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव  खारेज गरिएपछि उनले संसद विघटन गर्न सिफारिस गरेका थिए। उनको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago