किन सिफारिसमा परे माधव नेपालका ज्वाईंदेखि जसपाका नेतासम्म

काठमाडौं: सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका कोटाबाट १२ जना राजदूत सिफारिश भएका छन् ।

राजनीतिक काेटाबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ रहेका छन् ।

राजनीतिक कोटाबाट अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएका पोखरेल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं हुन् । त्यस्तै राजनीतिक कोटाबाटै साउदीका लागि राजदूतमा सिफारिस भएका सुवेदी भने जसपा नेपालका नेता हुन् ।

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना :

विष्णुपुकार श्रेष्ठ, चीन

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

ज्योति प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामसुरज राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

नरेश विक्रम ढकाल

परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago