काठमाडौं: सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका कोटाबाट १२ जना राजदूत सिफारिश भएका छन् ।
राजनीतिक काेटाबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ रहेका छन् ।
राजनीतिक कोटाबाट अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएका पोखरेल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी-ज्वाईं हुन् । त्यस्तै राजनीतिक कोटाबाटै साउदीका लागि राजदूतमा सिफारिस भएका सुवेदी भने जसपा नेपालका नेता हुन् ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना :
विष्णुपुकार श्रेष्ठ, चीन
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजराइल
ज्योति प्याकुरेल, दक्षिण कोरिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
नरेश विक्रम ढकाल
परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :
घनश्याम भण्डारी
हरिशचन्द्र घिमिरे
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी
तिर्थराज वाग्ले
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…