इस्लामावाद: पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ ।
प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव पेस भएको अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई संसद् विघटनका लागि सुझाव दिन नसक्ने प्रस्ट पारेको छ । न्यायाधीशहरू इजाजुल अहसन, मजहर अलाम मियान्खेल, मुनिब अख्तर र जमाल खान मन्डोखइल इजलासका सदस्य थिए ।
‘प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावउपर मतदान नगराउने अप्रिल ३ को उपसभामुखको निर्णय असंवैधानिक रहेको घोषणा गरिन्छ,’ प्रधानन्यायाधीश बन्दिअलले भने । सरकारले संसद्‌मा राष्ट्रिय सभाका सदस्यहरूको कुनै पनि सहभागितामाथि अवरोध गर्न नसक्ने पनि फैसलामा उल्लेख गरिएको पास्कितानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री इमरान खानविरुद्ध प्रतिपक्षीले ल्याएको अविश्वास प्रस्ताव संवैधानिक प्रावधानविपरीत भएको भन्दै उपसभामुख सुरीले खारेज गरिदिएका थिए । पाकिस्तानी संविधानको धारा ५ मा रहेको ‘हरेक नागरिक राज्यप्रति बफादार हुनुपर्ने’ प्रावधान उल्लेख गर्दै मतदानको निर्णय संवैधानिक नहुने जनाएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री इमरान खानको सुझावअनुसार राष्ट्रपति आरिफ अल्भीले गत आइतबार संसद् विघटन गरेका थिए । संसद् भंग गर्ने निर्णयप्रति आक्रोशित विपक्षीले ‘प्रधानमन्त्रीविरुद्धको प्रस्तावमा संसद्‌मा मतदान हुन नदिने उपसभामुखको निर्णय असंवैधानिक’ भएको दाबीसहित सर्वोच्च अदालत पुगेका थिए ।

विपक्षीहरू दलहरूले आफूलाई सत्ताबाट हटाउने तयारी थालेपछि प्रधानमन्त्री खानले राष्ट्रपति खानले संसद विघटनका लागि राष्ट्रपति अल्भीलाई सुझाव दिएका थिए । त्यसलाई सदर गर्दै राष्ट्रपतिको सचिवालयले ‘राष्ट्रिय सभा विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझाव राष्ट्रपतिले संविधानअनुसार अनुमोदन गरेको,’ जनाएको थियो । पाकिस्तानी संविधानको धारा ५८ मा ‘प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिले राष्ट्रिय सभा विघटन गर्ने’ प्रावधान छ ।

तर विपक्षी दलले आफूविरुद्ध ल्याएको अविश्वास प्रस्ताव सामना गर्नुको साटो प्रधानमन्त्री खानले संसद् विघटनका लागि सिफारिस गरेका थिए । प्रस्तावउपर संसदमा मतदान भएको भए प्रधानमन्त्री खानले विश्वासको मत गुमाउने लगभग निश्चित थियो । तर संसद्को बैठकको अध्यक्षता गरेका खानको दलका उपसभामुख सुरीले अविश्वास प्रस्तावविरुद्ध मतदान गराउन अस्वीकार गरेका थिए ।

सर्वोच्च अदालतको बिहीबारको फैसलाको विपक्षी दलहरूले स्वागत गरेका छन् । निकै कडा सुरक्षाबीच गरिएको फैसलापछि बोल्दै विपक्षी दलका नेता शेहबाज सरिफले अदालतले न्याय दिएको प्रतिक्रिया दिए । ‘निश्चय नै अदालतले जनताको अपेक्षा पुरा गरेको छ,’ सरिफले पत्रकारहरूसँग भने ।

प्रधानमन्त्री खानले विपक्षी दलहरूले आफूलाई काम गर्न नदिएका कारण संसद् विघटन गर्नुपरेको बताउँदै आएका थिए । आफूविरुद्ध ‘विपक्षीले ल्याएको अविश्वास प्रस्ताव देशमाथिको धोकाधडी’ भएको उनको दाबी छ । उनले तीन महिनाभित्र चुनाव गरिने र आफूविरुद्ध विपक्षीले लगाएका आरोप जनताले खारेज गरिदिने बताउने गरेका छन् ।

सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका खानलाई अब सत्तामा रहिरहन संसद्का ३४२ मध्ये १७२ सांसदलाई आफ्नो पक्षमा पार्न आवश्यक भएको छ । तर यसअघि सरकारलाई साथ दिएको मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकारसँग १६४ सदस्य मात्र छन् ।

यस्तो अवस्थामा खान सरकारले संसदमा विश्वासको मत गुमाउने निश्चितप्राय छ । विपक्षी गठबन्धनले भने आफ्नो पक्षमा १७५ सांसद रहको बताउँदै आएका छन् । विपक्षी गठबन्धनले पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता सेहबाज सरिफलाई प्रधानमन्त्री बनाउने यसअघि नै घोषणा गरिसकेका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।

नयाँ सरकार गठन भएको खण्डमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का बिलावल भुट्टो जर्दारीको पनि महत्त्वपूर्ण भूमिका मिल्ने देखिन्छ । उनी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो तथा पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीका छोरा हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago